रत्नपार्कमा रमाउनेहरुको माग, ‘इन्टरनेटको सुविधा पनि देऊ’

काठमाण्डु टुडे २०७२ भदौ १६ गते १६:५१ मा प्रकाशित

/Tgkfs{sf] k'gMlgdf{0fkl5 cjnf]sg ug{ cfpg] ;j{;fwf/0fsf] ;+Vof a9]sf] x'Fbf cfDbfgL bf]Aa/ ePsf] 5 . tl:a/ M zld{nf kf7s, /f;;

काठमाण्डु, १६ भदौ- पछिल्लो पटक गत असार १५ देखि पुनःसञ्चालनमा आएको रत्नपार्कले दुई महिनामा १३ लाख ९३५ बराबरको आम्दानी गरेको छ ।

 

काठमाण्डु महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन विभागको रत्नपार्क तथा रानीपोखरी एकाइले पार्कमा प्रवेश गर्नेबाट वार्षिक करिब ४० लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिए पनि सुरूवातमै अवलोकनकर्ताको सङ्ख्यामा वृद्धि भएकाले लक्ष्यभन्दा दोब्बर हुने अनुमान गरिएको हो ।

 

एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार विभिन्न कारणले हुने गरेका बन्दको समयमा पनि पार्क बन्द नहुने भएकाले पनि आम्दानी राम्रो भएको हो । भण्डारीका अनुसार पुनःनिर्माण पछिको व्यवस्थापन व्यवस्थित हुनुका साथै स्वच्छ र सफा भएका कारण हाल पार्कमा दैनिक ८०० सम्म सर्वसाधारण आउने गरेका छन ।

 

बिदाको दिनमा दुई हजारसम्म आउने गरेका छन् । सो पार्कलाई स्वच्छ र सफा राख्नका लागि दैनिक पाँच जना खटाइएको छ । पुनःनिर्माणअघिसम्म पार्क सर्वसाधारणका लागि निःशुल्क खुला गरिएको थियो । तर अहिलेको जस्तो स्वच्छ र सफा भने थिएन ।

 

बालबालिका घुम्नका लागिमात्रै नभई फुर्सदको समयमा पठनपाठनका लागि पनि आउने गरेका छन् । बढीमात्रामा २० देखि ४० वर्षसम्मका युवायुवती आउने गरेको भए पनि हरियाली भएकाले वृद्ध नागरिकसमेत आउने गरेका छन् ।

 

व्यवस्थापनलाई सहज बनाउनकै लागि प्रवेश शुल्क निर्धारण गरिएको एकाइको भनाइ छ । प्रवेश शुल्कस्वरुप सर्वसाधारणका लागि २५ र विद्यार्थीका लागि १५ निर्धारण गरिएको छ । पोसाकमा आउने सुरक्षाकर्मी तथा पत्रकार, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 

रत्न राज्यलक्ष्मी शाहको नामबाट ४३ रोपनी जग्गामा २०१८ सालबाट निर्माणको काम सुरु गरी २०२१ सालमा पूरा भएको सो पार्कमा तत्कालीन समयमा शाहको शालिकसमेत रहेको थियो । विभिन्न आन्दोलनका क्रममा सो सालिक भत्काइको सो एकाइले जनाएको छ ।

 

विसं २०७१ वैशाखबाट बन्द रहेको पार्क पुनःनिर्माण पछि गत असार १५ देखि न्यूनतम प्रवेश शुल्कसहित सञ्चालनमा आएको हो । पार्क पुःन निर्माणका लागि ७५ लाख लागेको बताइएको छ ।

 

पार्कको अवलोकनका लागि आउनुभएकी अनु अर्याल राजधानीको मुटुमा रहेको पार्क घुम्नका लागि उपयुक्त रहेको भए पनि खाजा घर र व्यवस्थित शौचालय व्यवस्था भए थप सुन्दर हुने बताउँछन् ।

 

त्यसैगरी, अर्का अवलोकनकर्ता हरि उप्रेतीले बिदाको दिन उपयोग गर्न मानिस पार्कमा परिवारसहित आउने र लामो समय बस्ने भएकाले इन्टरनेटको पनि व्यवस्था गरिदिए अवलोकनकर्तालाई समय बिताउन सहज हुने सुझाव दिए ।

 

अवलोकनका लागि आउनेले पनि पटक–पटक खाजाघरको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको एकाइका कर्मचारी रामशरण तिमिल्सिनाले बताए । अवलोकनकर्ताले इन्टरनेटलगायतका विभिन्न सुझाव दिइरहँदा सुझावको सक्दो सम्बोधन गर्ने उनको भनाइ छ ।

 

‘इन्टरनेटका लागि हाल दूरसञ्चारसँग कुरा भइरहेको छ’ उनले भने । खाजा घर र शौचालयका लागि समेत प्रयास भइरहेको छ । रत्नपार्क हरेक दिन बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म खुला हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us