समाचार

बन्दको विरुद्धमा रुपन्देहीमा निस्क्यो सद्भाव र्‍याली

२०७२ भदौ ४ गते १२:०३

रुपन्देही, ४ भदौ–लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएको र बन्दकर्ता र सर्वसाधरणका बीचमा झडपको अवस्था आएको भन्दै शुक्रबार बिहान भैरहवामा सद्भाव र्‍याली निकालिएको छ । स्थानीयको सहभागिता र सक्रियतामा उक्त र्‍याली निकालिएको हो । संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका...

हिन्दू राज्यको माग गर्दै ओली निवासमा शंख बज्यो !

२०७२ भदौ ४ गते ११:३७

भक्तपुर, ४ भदौ–नयाँ संविधानमा धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा शंख बजाइएको छ । ओमकार समाजको नेतृत्वमा आएको समूहले ओली निवासमा पुगेर शंख बजाउँदै हिन्दू राज्यको माग गरेका हुन् । हिन्दू राज्यको माग गर्दै...

वर्षाका कारण हेलम्बु राजमार्ग अवरुद्ध

२०७२ भदौ ४ गते १०:५८

मेलम्ची, ४ भदौ–सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको पहिरोका कारण मेलम्ची– काठमाडौँ–हेलम्बु राजमार्ग गत तीन दिनदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको छ । साँखु, जहरसिंह पौवा, भेटेचौर, छापभञ्ज्याङ, मेलम्ची सडक र हेलम्बु राजमार्गअन्तर्गत काभ्रे जिल्लाको गैरी बिसाउना देउपुर गाविसको कोदावरी भिरमा करिब २० मिटरको पहिरो गएका...

घरको गारो भत्किएर दम्पत्ति को मृत्यु

२०७२ भदौ ४ गते १०:३४

बनेपा, ४ भदौ –काभ्रेपलाञ्चोकको टुकुचानाला–८ मा बिहीबार घरको गोरो भत्किएर एक दम्पत्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय लक्ष्मण केसी र ३५ वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । घटनामा घाइते भएका नौ...

बाढीले पुल बगाएपछि दुई सय ५० विद्यार्थी प्रभावित

२०७२ भदौ ४ गते १०:३२

कञ्चनपुर, ४ भदौ –कञ्चनपुरको बेलडाँडी गाविसमा पर्ने झर्नाखोलामा स्थानीय बासिन्दाले श्रमदान गरी बनाएको काठको पुल बाढीले बगाएपछि करिब दुई सय पचास विद्यार्थी प्रभावित भएका छन् । बाढीले बेल्डाँडी–बेलौरी जोड्ने पुल बगाँउदा सो क्षेत्रका विद्यार्थी समस्यामा परेका हुन् । पुल बगेपछि खोलामा बाढी आएका बेला...

सामाजिक मूल्य मान्यताअनुसार तीज मनाउन अपिल

२०७२ भदौ ४ गते ९:१५

  चितवन, ४ भदौ – जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला तडकभडक गरी भड्किलो कार्यक्रम गरिए कारबाही गर्ने भएको छ । खर्चिलो, भड्किलो र तडकभडकले सामाजिक सद्भावमै असर पर्ने भएकाले यस्तो नगर्न चितवनवासीलाई आग्रह गरिएको जिप्रकाका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । अघिल्लो...

राजेन्द्र महतो भन्छन्, ‘मधेसीले ५० लाख पाउने भए भनेर विरोध भएको हो ’

२०७२ भदौ ४ गते ८:५२

काठमाण्डु, ४ भदौ– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनमा शहीद हुनेका परिवारलाई ५० लाख दिन्छौं भन्दा विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् । उनले ६२\६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाले १० लाख दिन्छु भन्दा कसैले विरोध नगरेको प्रशंग झिक्दै उनले भने,‘मधेसीले त केही बोल्नै...

बक्राहा नदि गाँउमा पसेपछि ८५ परिवारलाई सुरक्षित स्थानमा सारियो

२०७२ भदौ ४ गते ८:४७

मोरङ, ४ भदौ – मोरङको बक्राहा नुनसरी खोलाको बाँध फुटेर डुबानमा परेका चारवटा गाविसका ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक तारणीप्रसाद लम्सालका अनुसार मधुमल्ला गाविसको ५, ६ र ८ नम्बर वडामा डुबानमा परेका ८५ घरपरिवारलाई सुरक्षित स्थानतर्फ...

स्वामी प्रपन्नचार्यको निधन

२०७२ भदौ ४ गते ७:५५

काठमाण्डु, ४ भदौ – स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३ः३० बजे मृगस्थली आश्रममा निधन भएको छ । उनि लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिए । तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य उनले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गरेका...

दिक्तेलमा सबै प्रकारका सञ्चार सेवा अवरुद्ध

२०७२ भदौ ४ गते ७:५१

खोटाङ, ४ भदौ – खोटाङकको सदरमुकाम दिक्तेलमा चार दिनदेखि सबै प्रकारका सञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमद्वारा वितरित ल्यान्डलाइन टेलिफोन, नमस्ते तथा स्काई मोबाइल मङ्गलबार साँझदेखि अवरुद्ध भएको हो । विद्युत्मा आएको गड्बडीका कारण दिक्तेलमा जडित रेडियो लिङ्क जलेपछि यस्तो समस्या आएको...

आन्दोलनकारी विरुद्ध प्रतिकार

२०७२ भदौ ३ गते १९:३०

रुपन्देही, ३ भदौ-संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण तनावग्रस्त बनेको रुपन्देहीको सदरमुकाम भैरहवामा स्थानीय युवाले बिहीबार बन्दको प्रतिकार गरेका छन् ।   आन्दोलनकारीलाई तितरवितर बनाउँदै निस्केको प्रतिकार समूहले आन्दोलनकारीका ११ सकारी साधन तोडफोड गरी जलाएका छन् । समूहले...

सुजाताले भनिन्,‘पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्छ’

२०७२ भदौ ३ गते १९:१८

भक्तपुर, ३ भदौ-नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले बिदेशी ग्राण्ड डिजाइनमा देश फस्दै गएको र संविधान जारी हुन नसकेको धारणा राखेकी छन् ।   रफत सञ्चार क्लबले बिहीबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सबैको मागलाई सम्बोधन गर्ने नाममा राजनीतिक दलका नेताहरुले संविधान जारीतर्फ ढिलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us