समाचार

टेलिकमको गुणस्तर सुधार गर्न संसदीय समितिको निर्देशन

२०७२ भदौ ३ गते १९:०९

काठमाण्डु, ३ भदौ-व्यवस्थापिका–संसद्, विकास समितिले नेपाल टेलिकमप्रति आमनेपालीको भरोसा रहेकाले सेवा, सुविधा र गुणस्तरलाई सुधार गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।   समितिको बिहीबार को बैठकले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न र क्षमताको अभिवृद्धिमा ध्यान दिन निर्देश गरेको समितिका सभापति रवीन्द्र...

मोरङमा बक्राहा खोला गाउँ पस्यो

२०७२ भदौ ३ गते १९:०३

विराटनगर, ३ भदौ-मोरङको मधुमल्ला–५ को मानव बस्तीमा खोलाको पानी बिहीबार पस्दा ५६ परिवार विस्थापित भएका छन् ।   करिब पचास बिघामा रोपिएको धानबालीमा समेत क्षति पुगेको छ । बक्राहा खोलाले तटबन्धको तल्लो भागलाई भत्काएर गाउँमा पानी पसेको हो । एक महिनाअघि सो ठाउँमा तटबन्ध...

ठाकुरले भने,‘तराईमा मात्र वार्ता हुन्छ’

२०७२ भदौ ३ गते १८:५३

विराटनगर, ३ भदौ-तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले विगतमा मधेसी मोर्चासँग गरेका सम्झौंता कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।   विराटनगर विमानस्थलमा बिहीबार दिउँसो पत्रकारसँगको कुराकानीमा उहाँले सरकारले वार्ताका लागि आह्वान गरेमा तराईमा मात्र वार्ता हुने स्पष्ट गर्दै सरकारले औपचारिक रुपमा वार्ताका लागि कुनै...

‘राज्यले घैंटाहरु किन बनाउँछ किन फुटाउँछ’

२०७२ भदौ ३ गते १८:११

काठमाण्डु, ३ भदौ– गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेको बिहीबार प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । उनको मृत्युपछि सामाजिक संजालमा यही विषयलाई लिएर विभिन्न टिका–टीप्पणी भइरहेका छन् ।   यसैबीचमा साहित्यकार मुकुन्द घिमिरेले आफ्नो फेसबुकमा स्टयाटस राख्दै मृत्यु दण्डको जंगली कानुन नभएको देशमा कसैले...

दैनिक उपभोग्य सामानको हाहाकार

२०७२ भदौ ३ गते १७:००

बाजुरा, ३ भदौ-बन्दै बन्दले यस क्षेत्रका सात पहाडी जिल्लामा यातायात सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान रित्तिएको छ । यसले व्यापारी र सर्वसाधारण मारमा परेका छन् ।   नियमितको बन्दले गर्दा बाजुरा, अछाम, बझाङ, डोटीलगायतका जिल्लाका बजारमा व्यापार गरिरहेका व्यापारीहरुले सामान ढुवानी गर्न नपाउँदा...

टहरामाथि डोजर लगाएर पेलियो

२०७२ भदौ ३ गते १६:५३

चितवन, ३ भदौ-चितवन उच्च माविको जग्गामा अटेर गरेर बसेको व्यावसयिक टहरामा बिहीबार डोजर लगाएर भत्काइएको छ ।   वि.सं २०६८ मा करार अवधि सकिएपनि व्यवसाय सञ्चालन हुँदै आएका टहराहरु बिहीबार प्रहरीको सहयोगमा डोजर लगाएर भत्काइएको हो । उच्चमावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रराज रेग्मीले करार...

‘बन्दलाई सधैँका लागि बन्द गरौँ’ भन्दै विराटनगरमा सद्भाव र्‍याली

२०७२ भदौ ३ गते १६:३०

विराटनगर, ३ भदौ– ‘बन्द सधैँका लागि बन्द गरौँ’ मूलनाराकासाथ बिहीबार यहाँका ३० वटा संघसंस्थाले विराटनगरमा बृहत् शान्ति तथा सद्भाव र्‍याली निकालेका छन् । संयुक्त मधेसी मोर्चाले लगातार पाँच दिनदेखि गरिरहेको बन्दबाट आजित भएका व्यापारिकलगायत संगठनका साथै सर्वसाधारणले बन्दको विरोधमा संयुक्तरुपमा सद्भाव र्‍यालीनिकालेका हुन् । बिहानैदेखि...

भैरहवामा गोली चल्यो, केही प्रदर्शनकारी घाइते, स्थिति तनावग्रस्त

२०७२ भदौ ३ गते १६:१७

रुपन्देही, ३ भदौ –संयुक्त मधेसी मोर्चा र थरुहट संधर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ । आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको स्थिति तनावपूर्ण बनेको हो । बन्दकर्ताले भैरहवाका विभिन्न स्थानमा तोडफोड...

निरन्तर वर्षाका कारण उदयपुरको रामपुर क्षेत्र डुबानको जोखिममा

२०७२ भदौ ३ गते १५:५०

उदयपुर, ३ भदौ –तीन दिनदेखि आएको निरन्तर वर्षाको कारण उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिला डुबानको उच्च जोखिममा परेको छ । निरन्तर वर्षाका कारण रामपुर–७ को सिसुवा खोला, अर्को मूर्ति खोला तथा गिदेरी खोलाको बहाव बढ्दै गएर नदीको पानी गाउँ प्रवेश गर्ने खतरा बढ्दै...

पाँचथरमा वर्षाले सडक अवरुद्ध, पहिरोले केही घरमा क्षति

२०७२ भदौ ३ गते १५:४३

पाँचथर, ३ भदौ– केही दिनयता परेको अविरल वर्षात्का कारण जिल्लाको ग्रामीण सडकमा झरेको पहिरो र ढुङ्गाका कारण सडकहरु अवरुद्ध बनेका छन् । जिल्लाको माङजाबुङदेखि ओसाङ्गु तथा सराङडाँडा–८ सप्तमी बजारदेखि नाकेदिम जोड्ने सडकखण्ड, राँकेदेखि सप्तमी जोड्ने सडकका ठाउँठाउँमा झरेको पहिरो र ढुङ्गा खसेका कारण सडक...

सप्तरीमा संयुक्त मधेसी मोर्चाको बन्द जारी, जनजीवन प्रभावित

२०७२ भदौ ३ गते १५:३४

सप्तरी, ३ भदौ – सीमांकनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको क्रममा बिहीबार पनि सप्तरीको जनजीवन प्रभावित बनेको छ । संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले आह्वान गरेको तराई मधेस बन्दको क्रममा आज पनि सप्तरीमा...

रकम तोकेर जनतालाई आन्दोलनमा बोलाउनु मानवअधिकार विरोधी कार्य : नेम्वाङ

२०७२ भदौ ३ गते १४:३८

काठमाण्डु, ३ भदौ–सभामुख सुवासचन्द्र नेम्वाङले सांसदहरुले शून्य समयमा राख्नुभएको महत्वपूर्ण विचार र माग शून्यमा बिलाउन नदिन सरकार उत्तरदायी बन्नुपर्ने बताए । बिहीबार संसदको शून्य समयमा बोल्दै सभामुख नेम्वाङले यस्तो बताएका हुन् । उनले भने, ‘यस विषयमा मैले सरकारलाई पटक पटक रुलिङ पनि गरेको छु,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us