समाचार

हिन्दु राष्ट्र स्थापनको लागि सामूहिक आमरण अनसन

२०७२ भदौ ११ गते १३:४७

काठमाण्डु, ११ भदौ – हिन्दु राष्ट्र स्थापनाको लागि ३ सय युवाहरुले सामूहिक रुपमा आमरण अनसन गर्ने भएका छन् । राष्ट्रिय धर्म जागरण अभियान नेपालको संयोजन र राष्ट्रिय हिन्दु युवा मञ्चको आयोजनामा आगामी भदौ १४ गतेदेखि राजधानीको खुल्ला मञ्चमा सामूहिक आमरण अनसन कार्यक्रम आयोजना गर्न...

संविधान जारी हुने मिति तय नहुँदा कांग्रेस महाधिवेसन अन्योल

२०७२ भदौ ११ गते १३:३४

काठमाण्डु, ११ भदौ– संविधान निर्माण प्रक्रियाअघि बढाउने कि महाधिवेशन तोकेकै मितिमा गर्ने भन्ने विषयमा नेपाली कांग्रेस अन्योलमा परेको छ । पार्टीका शीर्ष नेताहरु संविधान निर्माणमा व्यस्त रहेकाले निर्वाचन आयोगलाई आग्रह गरेर सार्ने वा पटक पटक मित सर्दै आएको महाधिवेसन पूर्व निर्धारित समयमै सम्पन गर्ने...

टीकापुर घटनामा जनताको स्वतस्फूर्त प्रर्दशनः वैद्य

२०७२ भदौ ११ गते १३:११

काठमाण्डु, ११ भदौ– नेकपा–माओवादीले सरकारले कैलालीको टीकापुरलगायत मुलुकका विभिन्न भागमा सुरक्षाको नाममा सेना परिचालन गरेको भन्दै राष्ट्रपति डा रामवरण यादवको ध्यानाकर्षण गराएको छ । शुक्रबार राष्ट्रपति यादवलाई भेटेर नेकपा–माओवादीले टीकापुर घटनामा जनता स्वतस्फूर्त रुपमा प्रर्दशनमा उत्रिएपनि सरकारले दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्नु...

आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने

२०७२ भदौ ११ गते १२:४२

रुपन्देही, ११ भदौ – साउन २८ गतेदेखि बन्द रहेका रुपन्देहीका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् । आन्दोलनरत संयुक्त मधेसी मोर्चा तथा संयुक्त थरुहट संघर्ष समितिले रुपन्देहीका शैक्षिक संस्था खुला गर्न आह्वान गरेपछि आइतबारदेखि रुपन्देहीका सम्पूर्ण विद्यालय खुल्ने भएका हुन् । समितिले शुक्रबार विज्ञप्ति...

दुइसय ८ चेलीको उद्धार

२०७२ भदौ ११ गते १२:३०

भद्रपुर, ११ भदौ – माइती नेपाल काँकडभिट्टा झापाले सन् २०१५ को छ महिनाको अवधिमा २०८ जना चेलीलाई उद्धार गरेको जनाएको छ । सन् २०१४ मा एक वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट २५० जना चेलीलाई उद्धार गरिएको माइती नेपालले जनाएको छ । माइती नेपाल काँकडभिट्टाका प्रमुख...

वीरगन्जबाट प्रहरी सुरक्षामा चार सयभन्दा बढी बाहन पठाइयो

२०७२ भदौ ११ गते १२:२६

पर्सा, ११ भदौ – प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट चार सयभन्दा बढी यात्रुबाहक र मालबाहक वाहनहरु राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ । वीरगन्जबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षामा ३२ वटा यात्रुबाहक बस, दुई सय सातवटा ट्रक, ९२ वटा तेलका ट्यांकर,...

बृहत् शान्ति तथा सद्भाव र्‍याली

२०७२ भदौ ११ गते १२:१६

पोखरा, ११ भदौ – ‘बन्दलाई सदाको लागि बन्द गरौँ, शान्ति र ‘सद्भाव कायम गरौँ’ भन्ने मूल नाराका साथ शुक्रबार शान्ति तथा सद्भाव ¥यालीको आयोजना गरियो । पोखरा उद्योग वाणिज्य सङ्घको आह्वानमा भएको र्‍यालीमा विभिन्न राजनीतिक दल, उद्यमी, व्यापारी, आमा समूह, क्लब र पर्यटन व्यवसायीको...

गौर घटनाको मानवअधिकार आयोगको टोलीद्वारा अनुगमन

२०७२ भदौ ११ गते १२:०४

रौतहट, ११ भदौ – केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको बन्द र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा मानवअधिकार आयोगको टोलीले अनुगमन शुरु गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त प्रमुख सुवर्ण कर्माचार्य तथा बुद्धिराज सहनीले गौरमा जारी आन्दोलन, शान्ति सुरक्षाको अवस्थाको...

आर्थिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर संविधान जारी गर्नुपर्छः महत

२०७२ भदौ ११ गते ११:५३

काठमाण्डु, ११ भदौ – अर्थमन्त्री डा. रामशरण महतले आर्थिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १६औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री महतले अबको मूल मुद्दा आर्थिक विकास हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री महतले भने,...

काठ तस्कर पक्राउ

२०७२ भदौ ११ गते ११:१९

रौतहट, ११ भदौ – जिल्ला वन कार्यालय रौतहटको गस्ती टोलीले बिहिबार राति अवैध रुपमा काँचो रूख काटी ल्याउँदै गरेको अवस्थामा काठसहित सातवटा साइकल नियन्त्रणमा लिएको छ । जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहअन्तर्गतको जंगलबाट राति १० बजे काठ चोरी–निकासी गरी ल्याउँदै गरेको अवस्थामा...

टीकापुर नरसंहारको नेतृत्वकर्ता लाजै नमानी भन्छन्, ‘हत्या निन्दनीय छ’

२०७२ भदौ ११ गते १०:३३

काठमाण्डु, ११ भदौ– कैलालीको टीकापुरमा दुई वर्षे नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान लिने आन्दोलनकारीको नेतृत्व लिएका व्यीक्तले नै उक्त घटना दुःखद र निन्दनीय भएको टिप्पणी गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका सभासद् जनकलाल चौधरीले शुक्रबार संविधानसभा बैठकमा उक्त घटनाको निन्दा गरे । चौधरी...

बलात्कारको आरोपी तिलकराम पक्राउ

२०७२ भदौ ११ गते १०:३२

बर्दिया, ११ भदौ –प्रहरीले बलात्कारको आरोपी तिलकराम यादवलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ मनकामना टोलमा बस्ने २० वर्षीया युवती आफ्नो कोठामा बुधबार राति एक्लै रहेको अवस्थामा बर्दिया गुलरिया नगरपालिका–९ गुलरिया गाउँ बस्ने ३० वर्षीय तिलकराम यादवले बलात्कार गरी फरार भएका थिए । प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us