समाचार

लेखीले भने ‘थारुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौ’

२०७२ भदौ ११ गते १६:१६

विराटनगर, ११ भदौ-थारु कल्याणकारिणीसभाका पूर्वअध्यक्ष राजकुमार लेखीले दाङदेखि कञ्चनपुरसम्म र बढीमा चुरे क्षेत्र मिलाएर थरुहट प्रदेश निर्माण हुनुपर्ने आफुहरुको माग रहेको बातएका छन् ।   थारु समाजद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कुनै जाति, समुदाय, क्षेत्र र भूगोलको विरुद्ध नभई एकात्मक शासकविरुद्धको लडाइँ रहेको...

भूकम्पपीडित वृद्धवृद्धा भन्छन्, ‘दैवले ठगेकै बेला, सरकारले पनि ठग्यो’

२०७२ भदौ ११ गते १६:०२

दोलखा, ११ भदौ-दोलखा भीमेश्वर नगरपालिका–१ को एकल महिला नैनालक्ष्मी शिवाकोटीले हरेक चाररचार महिनामा दुई हजारका दरले भत्ता पाउने गरेकी थिइन् । तर यो पटक भने उनले एक हजार ४०० मात्र पाएकी छन् ।   भूकम्पले सबै कुरामा क्षति पु¥याएको र दैवले समेत ठगेको बेला...

कंसाकार र न्यौपानेको रबैयाले वायुसेवा निगममा भाँडभैलो

२०७२ भदौ ११ गते १५:५०

काठमाण्डु, ११ भदौ-मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारीबीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ ।   निगमका अध्यक्ष र महाप्रबन्धकबीचको आपसी खिचातानीले संस्थालाई धरासायी बनाउने खेल सुरु भएको भन्दै सम्बद्ध पदाधिकारी नै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।   दुई...

बन्दका कारण सिराहाका किसान भारतीय बजारमा तरकारी बेच्दै

२०७२ भदौ ११ गते १५:१६

लहान, ११ भदौ-संयुक्त मधेसी मोर्चा र थारु कल्याणकारी सभालगायतले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सिरहाका किसान आफ्ना उत्पादन भारततर्फ निर्यात गर्न थालेका छन् ।   आमहडतालका कारण जिल्लाको बजार लामो समयदेखि नखुलेपछि किसानले तरकारी भारतीय बजारतर्फ निर्यात गर्न थालेका हुन् । सिरहाको फूलकाहाकट्टी, पडरिया,...

शीर्ष नेता कन्भिन्स् नहुँदा स्थानीयका अधिकार कटौतीः सभासदहरु

२०७२ भदौ ११ गते १५:१०

काठमाण्डु, ११ भदौ– शीर्ष नेताहरुले नचाहेकाले नै संविधानमा प्राकृतिक स्रोत र सामुदायिक सम्पतिको अधिकारलाई प्रभावकारी रुपमा संविधानमा स्थापित गर्न नसकेको सभासदहरुले गुनासो गरेका छन् । शुक्रबार प्राकृतिक स्रोत राष्ट्रिय परिसंघले गरेको छलफलमा सभासदहरुले आफूहरुले सामुदायिक सम्पति र प्राकृतिक स्रोतमा स्थानीयको अग्राधिकारको बारेमा छलफल गरेपनि...

सभासदहरुले भने,‘संविधानमा संघीयताको औचित्य पुष्टि गरेर देखाऊ’

२०७२ भदौ ११ गते १५:००

काठमाण्डु, ११ भदौ-संबिधान सभाका सभासद्हरुले २१औँ शताब्दीका जनताको माग र अधिकारलाई सम्बोधन हुने नयाँ संविधान ल्याउन माग गरेका छन् ।   उनीहरुले केका लागि किन सङ्घीयता भन्ने रु भन्ने प्रश्नलाई संविधानमा नै औचित्य स्थापित गर्न सुझाव दिँदै संविधानमा मतसीमा (थ्रेसहोल्ड) राख्न सुझाव दिए ।...

कक्षा १२ को रिजल्ट आयो

२०७२ भदौ ११ गते १४:५१

काठमाण्डु, ११ भदौ– उच्च माध्यमिक शिक्षा परिषद् भक्तपुरले शुक्रबार कक्षा १२ को विज्ञान संकायको परिक्षाफल प्रकाशित गरेको छ। परीक्षामा नियमित तर्फ सहभागि ३७ हजार ९ सय २८ विद्यार्थीमध्ये ७१.६५ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। त्यस्तै आंशिक तर्फ परीक्षा दिएका ८ हजार ४ सय ६...

एमाले सभासदको कार्यालयमा तोडफोड

२०७२ भदौ ११ गते १४:११

सप्तरी, ११ भदौ- आन्दोलनकारीको एक समूहले शुक्रबार बिहान राजविराज–९ स्थित राजदेवी टोलमा रहेको एमाले सभासद् रञ्जु ठाकुरको कार्यालयमा तोडफोड गरेका छन् ।   सयौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले बिहान एक्कासि कार्यालयमा आएर तोडफोड गरेको एमाले कार्यालयले जनाएको छ ।   प्रदर्शनकारीले कार्यालयभित्र रहेका टेबुल र...

थारू भाषाको लघु चलचित्र ‘लाज’ कोरियामा

२०७२ भदौ ११ गते १३:५७

देउखुरी, ११ भदौ– थारू जातिको कला, संस्कृति संगसंगै मुक्त कमैयाँ र उनीहरुका नाममा गरिने राजनीतिलाई विषयवस्तु बनाई निर्माण गरिएको लघु चलचित्र ‘लाज’ कोरियामा हुने ‘बुसान इन्टरनेशनल फिल्म फेष्टिभल–२०१५’ मा प्रदर्शनका लागि छनोटमा परेको छ । एसियाकै सबैभन्दा ठूलो मानिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्वका ७५...

शुक्रबार पनि धनगढी र टीकापुरमा निषेधाज्ञा

२०७२ भदौ ११ गते १३:५५

धनगढी, ११ भदौ-कैलाली जिल्लाको टीकापुर नगर क्षेत्र र सदरमुकाम धनगढी नगर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा शुक्रबार पनि यथावत् रहेको छ ।   धनगढी नगर क्षेत्रमा शुक्रबार दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको समयमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताए...

जिल्ला विभाजनविरुद्ध लगातारको बन्दले बागलुङ ठप्प

२०७२ भदौ ११ गते १३:५१

बागलुङ, ११ भदौ-सङ्घीय प्रदेशहरुको सीमाङ्कनमा बागलुङलाई विभाजन गर्ने प्रमुख दलहरुको निर्णयको विरोधमा सुरु भएको आन्दोलनले यहाँको जनजीवन प्रभावित बनेको छ ।   मङ्गलबारदेखि सुरु भएको अनिश्चितकालीन बागलुङ बन्दका कारण जनजीवन ठप्प बनेको हो । आदिवासी जनजातिहरुको दुई दिनको बन्दपछि सुरु भएको अर्को बन्दले अवस्था...

हिन्दु राष्ट्र स्थापनको लागि सामूहिक आमरण अनसन

२०७२ भदौ ११ गते १३:४७

काठमाण्डु, ११ भदौ – हिन्दु राष्ट्र स्थापनाको लागि ३ सय युवाहरुले सामूहिक रुपमा आमरण अनसन गर्ने भएका छन् । राष्ट्रिय धर्म जागरण अभियान नेपालको संयोजन र राष्ट्रिय हिन्दु युवा मञ्चको आयोजनामा आगामी भदौ १४ गतेदेखि राजधानीको खुल्ला मञ्चमा सामूहिक आमरण अनसन कार्यक्रम आयोजना गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us