टीकापुर घटनामा जनताको स्वतस्फूर्त प्रर्दशनः वैद्य

काठमाण्डु टुडे २०७२ भदौ ११ गते १३:११ मा प्रकाशित

Rambaran-Mohan Baidhya
काठमाण्डु, ११ भदौ– नेकपा–माओवादीले सरकारले कैलालीको टीकापुरलगायत मुलुकका विभिन्न भागमा सुरक्षाको नाममा सेना परिचालन गरेको भन्दै राष्ट्रपति डा रामवरण यादवको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार राष्ट्रपति यादवलाई भेटेर नेकपा–माओवादीले टीकापुर घटनामा जनता स्वतस्फूर्त रुपमा प्रर्दशनमा उत्रिएपनि सरकारले दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्नु गलत भएको जनाएको छ ।

त्यसैगरी सचेत जनताले चार दलले एकलौटी रुपमा निर्णय गरेर संविधान निर्माण गर्न खोजेको भन्दै गरेको विरोधमा कुनै पक्षको घुसपैठ नभएकोसमेत स्पष्ट पारेको छ ।

नेकपा–माओवादी र वैद्य माओवादीलगायतको घुसपैठका कारण घटना हिंसात्मक भएको भनी आएको समाचार भ्रामक भएको दावी गरेको छ ।

अध्यक्ष मोहन वैद्यले हस्ताक्षर गरीएको ज्ञापन पत्रमा भनिएको छ, ‘२०२८ सालको स्थानीय प्रशासन ऐन अनुसार स्थानीय प्रशासनमार्फत आन्तरिक शान्ति सुरक्षाको नाममा जनआन्दोलनका बिरुद्ध नेपाली सेनाको परिचालन गर्नु नेपाली सेनाको घोर अवमूल्यन गरी दुरुपयोग गर्नुमात्र होइन, अन्तरिम संविधान २०६३ कै गम्भीर उल्लङ्घन हो ।’

स्थानीय प्रशासनमार्फत आन्तरिक शान्ति सुरक्षाको नाममा जनआन्दोलनका विरुद्ध नेपाली सेनाको परिचालन गर्नु नेपाली सेनाको घोर अवमूल्यन गरी दुरुपयोग गर्नुमात्र होइन, अन्तरिम संविधान २०६३ कै गम्भीर उल्लङ्घन हो ।

राज्य आतङ्कको ज्यादती बढ्दै गएको स्थितिमा कैलालीको टीकापुर लगायत विभिन्न जिल्लाहरूमा जनताले स्वतःस्फूर्त रुपमा प्रतिरोध गरेको नेकपा–माओवादीको ठहर छ ।

प्रमुख दलले सेना परिचालन गरेर संविधान जारी गर्ने हठ प्रदर्शन गरे मुलुकलाई हानी हुने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us