समाचार

सद्भावना पार्टीले संविधानसभा छाड्ने, सबै सभासदले दिए राजिनाम

२०७२ भदौ १ गते १९:५०

काठमाण्डु, १ भदौ– राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले संविधानसभा छाड्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता लक्ष्मणलाल कर्णले यो संविधानसभामा मधेसी, आदीवासी जनजाती, दलित र पीछडिएका वर्गको पक्षमा संविधान नआउने भएकोले आफूहरु संविधानसभामा बसिरहनुको औचित्य नरहेकोले संविधानसभा...

सुटुक्क भारत जान लागेका तीन किशोरीको उद्धार

२०७२ भदौ १ गते १९:३१

रुपन्देही, १ भदौ– अभिभावकलाई जानकारी नदिई सुटुक्क भारत जान लागेका तीन किशोरीको उद्धार गरी मंगलबार परिवारको जिम्मा लगाइएको छ । मानव बेचबिखनविरुद्ध सीमा क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था केआइ नेपालले भारतको पुने जान लागेको बताउने उनीहरुलाई परामर्शपछि घरपरिवारको जिम्मा लगाएको जनाएको छ ।...

सुनौँ देश टुक्राउने अभिब्यक्ति दिएको भन्दै संसदमा पेस गरिएको अडियो

२०७२ भदौ १ गते १८:३५

काठमाण्डु, १ भदौ– गृहमन्त्री बामदेव गौतमले सोमबार मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले मुलुक टुक्र्याउने धम्की दिएको सम्बन्धी अडियो संसदमा पेश गरे । कैलालीको टिकापूरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनीहरुले देश टुक्राउने अभिव्यक्ति दिएको आरोप लागेको थियो । सुनौँ संसदमा...

अमेरिकी कंग्रेस टोलीले गर्यो नेपालको संसद्को अवलोकन

२०७२ भदौ १ गते १८:१२

काठमाण्डु, १ भदौ– अमेरिकी कंग्रेसका सांसद भर्न बुचाननको नेतृत्वमा रहेको अमेरिकी संसदीय टोलीले संविधानसभा, संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई र अन्य सभासद्सँग संविधान लेखन र नेपालको व्यवस्थापिका–संसदका बारेमा छलफल गरी आवश्यक जानकारी लिएको छ । नयाँबानेश्वरस्थित संविधानसभा भवन पुगेर उक्त...

दाजुको हत्यामा संलग्न तामाङ पक्राउ

२०७२ भदौ १ गते १८:०९

काठमाण्डु, १ भदौ–नाताले दाजु पर्ने छिमेकीको हत्याको आरोपमा प्रहरीले उक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न नुवाकोट उर्लेनी–२ काल्चेका मिस्त्री र ठेकेदार काम गर्ने ३४ वर्षीय अमर भत्रे धु्रवबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाले उनकै घर काल्चेबाट सोमबार पक्राउ गरेको हो । उनले दाजु...

कार्यकर्ता पाल्ने र चुनाव जित्ने ढंगबाट बजेट ल्याएको सभासदहरुको आरोप

२०७२ भदौ १ गते १७:५५

काठमाण्डु, १ भदौ –सरकारले चालु आवको लागि ल्याएको बजेट अत्यन्त कमजोर, छरपष्ट र असन्तुलित रहेको जनाउँदै सच्याउनुपर्ने आवश्यकतामा सांसद्हरुले जोड दिएका छन् । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकअन्र्तगत मंगलबार कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था, शान्ति तथा पुनःनिर्माण, भौतिक पूर्वाधार तथा यातायात...

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक बिहीबार

२०७२ भदौ १ गते १७:५५

काठमाण्डु, १ भदौ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अर्थमन्त्रीस्तरीय सातौं बैठक यही बिहीबार हुने भएको छ । अर्थ मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर ताहाचलस्थित सोल्टी होटलमा हुने बैठकमा समग्र सार्कको आर्थिक विकासका विषयमा छलफल हुने जानकारी दिएको छ । यसअघि अर्थमन्त्रीस्तरीय छैटौँ...

प्रदर्शनकारीले संवेदनशील अंगमा हानेपछि डिएसपी बेहोस्

२०७२ भदौ १ गते १७:२६

जुम्ला, १ भदौ– प्रदर्शनकारीलाई सम्झाउने क्रममा जुम्लामा डिएसपी रामभक्त घर्तीलाई प्रदर्शनकारीले उल्टै उनको संवेदनशील अंगमा प्रहार गरेका छन् । निषेधित क्षेत्र तोड्ने खोजेपछि घर्तीले सम्झाउन खोजेको र प्रदर्शनकारी नमानेर उनलाई नै आक्रमण गरेका हुन् । प्रदर्शनकारीले घर्तीको संवेदनशील अंगमा प्रहार गरेपछि उनी करिब ३०...

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न कोइरालाको आग्रह

२०७२ भदौ १ गते १७:०२

काठमाण्डु, १ भदौ – प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो प्रतिबद्धता जनाएकामा अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा...

प्रहरी र प्रदर्शनकारीबीच झडप

२०७२ भदौ १ गते १६:५६

कपिलवस्तु, १ भदौ – छ दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच सदरमुकाम तौलिहवामा मंगलबार झडप भएको छ । झडपमा छ जना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच एकाएक तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लठ्ठी...

सप्तरीको भारदह क्षेत्रमा निषेधाज्ञा !

२०७२ भदौ १ गते १५:५२

सप्तरी, १ भदौ– प्रदर्शनका क्रममा गोली लागेर सप्तरीको भारदहमा एकजनाको मृत्यु भएपछि थप झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले मंगलबार दिउँसो ४ बजेदेखि भारदह क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा दिउँसो ४ बजेदेखि बुधबार बिहान...

आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न आग्रह

२०७२ भदौ १ गते १५:२७

काठमाण्डु, १ भदौ–चाइल्ड वर्कर इन नेपाल कन्र्सन सेन्टर सिविनले राजनीतिक दलको माग पूरा गर्ने विभिन्न बहानामा नारा जुलुसमा बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको छ । सिविनले मंगलबार प्रेस विज्ञप्ति जारी गरी साउन ३१ र ३२ गते गरिएको नेपाल बन्दको समयमा पनि विभिन्न स्थानको धर्ना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us