घरको गारो भत्किएर दम्पत्ति को मृत्यु

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १०:३४ मा प्रकाशित

garoबनेपा, ४ भदौ –काभ्रेपलाञ्चोकको टुकुचानाला–८ मा बिहीबार घरको गोरो भत्किएर एक दम्पत्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४१ वर्षीय लक्ष्मण केसी र ३५ वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । घटनामा घाइते भएका नौ वर्षीय छोरा विजय केसी र गीताको दिदीको छोरा १२ वर्षीय दिनेश कार्कीको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।

भूकम्पपछि ढुङ्गा र माटोको गारो लगाएर घर बनाएका केसी दम्पतीको केही दिनयतादेखि निरन्तर परिरहेको वर्षाका कारण गारो भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । झन्डै एक साताअगाडि टुकुचानाला गाविसमा पहिरो खस्न थालेपछि जोखिम बढेको भन्दै स्थानीय प्रशासनले वडा नं ५, ६ र ७ का करिब एक दर्जन परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।

यसैबीच जिल्लाको सस्र्युखर्क–४ खानीगाउँमा पनि पहिरो खस्दा भित्री सडकखण्ड अवरुद्ध भएको छ । प्रनाउ केसीका अनुसार ३० मिटर लामो पहिरो खसेका कारण तामाघाटदेखि ठूलोपर्सेलसम्म जाने कच्ची सडकखण्ड पनि अवरुद्ध भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us