समाचार

‘सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै नियमन र सुशासन गर्न सरकार गम्भीर’

२०७२ पुष ३ गते १८:१०

काठमाण्डु, ३ पुस– नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड नेफ्स्कूनको २४औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै उपप्रधान तथा सहकारी तथा गरीवी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै नियमन र सुशासन गर्नेतर्फ सरकार गम्भीर रहेको बताए...

डिस होममा बम हान्ने विप्लव माओवादीका जीवेन्द्र पक्राउ

२०७२ पुष ३ गते १८:०२

ललितपुर, ३ पुस– प्रहरीले डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा पेट्रोल बम प्रहार गर्नेमध्येका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको विशेष टोलीले आक्रमणमा संलग्न जीवेन्द्र शाहीलाई ललितपुरको खोकनाबाट बिहीबार पक्राउ गरेको हो । शाही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता...

भारत आफैं नाका खोल्ने अवस्थामा पुगेको छ: खनाल

२०७२ पुष ३ गते १७:५८

झापा, ३ पुस-नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई सङ्कटमा पारेर कसैसँग कुनै सम्झौता नगरिने बताएका छन् । प्रेस चौतारी झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले अन्तर्राष्ट्रिय सहमतिलाई नै उल्लङ्घन गर्दै भारतले गरेको नाकाबन्दी अनावश्यक र अराजकतापूर्ण भएकाले नाकाबन्दी हटाउन नेकपा एमाले र...

रामचन्द्रले दिए मधेसी मोर्चालाई सुझाव

२०७२ पुष ३ गते १७:५३

विराटनगर, ३ पुस– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई दलीय आकाङ्क्षाबाट माथि उठेर आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अवतरण गर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संसद्मा पेस गरिएका विधयेकमार्फत मोर्चाका अधिकांश माग पूरा हुने र सीमाङ्कनको...

बालविकासको अधिकारलाई सुनिश्चित गर्न समन्वय आवश्यक

२०७२ पुष ३ गते १७:४८

काठमाण्डु, ३ पुस – प्रारम्भिक अवस्थाका बालबालिकाको सर्वाङ्गीण विकासको अधिकारलाई सुनिश्चित गर्न सबै सम्बन्धित निकायबीच समन्वयको खाँचो औँल्याइएको छ । प्रारम्भिक बालबालिकाको लागि सांसदको सहकार्य समन्वय समूह र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको आयोजनामा भएको ‘एकीकृत प्रारम्भिक बालविकासका लागि राष्ट्रिय नीति तथा लगानी’ विषयक...

को हुन् प्रधानमन्त्री ओलीसँग कुम जुधाएर हिंड्ने यी महिला ?

२०७२ पुष ३ गते १७:४६

काठमाण्डु, ३ पुस– मु्लुकको प्रधानमन्त्रीजस्तो प्रमुख कार्यकारीे व्यक्तिसँग कोही अपरिचित महिला एकपटक होइन, दुईपटक होइन, पटकपटक सँगैै देखिन्छिन भने उनीप्रति समाजको आँखा पर्नु स्वभाविकै हो । एमाले अध्यक्ष केपी शर्मा ओली गत २४ असोजमा प्रधानमन्त्री निर्वाचित भएयता सार्वजनिक कार्यक्रममा एउटी महिला घरीघरी प्रधानमन्त्रीसँगै देखिन्छिन्...

भूकम्पपीडितलाई दश हजार रुपैयाँ बाँड्न सुरु

२०७२ पुष ३ गते १७:४१

ललितपुर, ३ पुस – सरकारले भूकम्पपीडितलाई अनुदान स्वरुप १० हजार रुपैयाँका दरले आजदेखि बाँड्न सुरु गरेको छ । ललितपुर उपमहानगरपालिका २३ नं वडाबाट उक्त रकम दिन सुरु गरिएको हो । यसभन्दा पहिला असार मसान्तसम्म प्रथम चरणको रु १५ हजारका दरले प्रत्येक भूकम्पपीडितलाई वितरण गरिसकिएको...

जाइकाले भूकम्प प्रतिरोधी घर निर्माणको तालिम सुरु ग¥यो

२०७२ पुष ३ गते १७:२९

काठमाण्डु, ३ पुस । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सुरक्षित घर तथा आवास निर्माणका लागि गोरखा र सिन्धुपाल्चोकमा तालिम दिन सुरु गरेको छ । जाइकाले कालिगढ र घरधनी दुबैलाई घर निर्माणसम्बन्धी तालिम दिन लागेको हो । आजदेखि सुरु भएको तालिम पाँच दिनसम्म चल्नेछ ।...

म्याग्दीका २१ गाविसमा ताररहित इन्टरनेट सुविधा विस्तार

२०७२ पुष ३ गते १७:१७

बेनी, ३ पुस – छवटा गाविसलाई समेटेर बेनी नगरपालिका घोषणा गर्नुअघि यहाँका ४१ गाविसमा इन्टरनेट सुविधा विस्तार भएको र बाँकी गाविसमा पनि यो प्रविधि विस्तारका लागि सर्वेक्षण सुरु गरिएको जिविसले जनाएको छ । इन्टरनेट जडान गरिएका ठाउँमा क्षमता विस्तार तथा मर्मत र नयाँ ठाउँमा...

माघको पहिलो सातादेखि भूकम्पपीडितको यथार्थ विवरण उपलब्ध हुने

२०७२ पुष ३ गते १७:१०

काठमाण्डु, ३ पुस – केन्द्रीय तथ्याङ्क विभागले आगामी आउँदो माघको पहिलो सातादेखि भूकम्पपीडितको यथार्थ तथ्याङ्क सङ्कलन गरेर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई उपलब्ध गराउने भएको छ । पहिलो चरणमा दोलखा जिल्लाबाट तथ्याङ्क सङ्कलन गर्ने र त्यसलाई प्रशोधन गरेर सरकारलाई वास्तविक भूकम्पपीडितको विवरण पठाउन...

सप्तकोसीमा सिँचाइका लागि नयाँ ब्यारेज निर्माण जरुरी छः सिँचाईमन्त्री

२०७२ पुष ३ गते १६:५५

इटहरी, ३ पुस-सिँचाइमन्त्री उमेश यादवले आम किसानको खेतमा सिँचाइका लागि नहरबाट पानी पु¥याउन सप्तकोसी नदीको चतरामा ब्यारेज निर्माण जरुरी भएको बताएका छन् । मन्त्री यादवले सुनसरी मोरङ्ग सिँचाइ आयोजनाको अवलोकन गर्ने क्रममा सो कुरा बताएका हुन् । सप्तकोसी नदीबाट सुनसरी र मोरङ्ग जिल्लाको ६८...

मधेसी मोर्चाद्वारा शुक्रबार वीरगन्ज ठप्प

२०७२ पुष ३ गते १६:४९

वीरगन्ज, ३ पुस-आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले शुक्रबार बिहानदेखि वीरगन्ज बन्द गराएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुस ३ गतेदेखि आन्दोलनलाई जारी राख्ने निर्णय गरेपछि उनीहरूले शुक्रबार बिहानदेखि वीरगन्जका विभिन्न ठाउ“मा टायर बालेर प्रदर्शन गरिरहेका छन् । वीरगन्जको नगवा, विर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us