गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणा

काठमाण्डु टुडे २०८१ वैशाख २३ गते १८:३४ मा प्रकाशित

काठमाडु, २३ वैशाख– गण्डकीका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको बताएका छन् ।

सभामुख धितालले आइतबार प्रदेशसभा बैठकमा अधिकारीले विश्वासको मत पाएको घोषणा गरे । त्यसअघि अधिकारीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

अधिकारीको पक्षमा ३० मत परेको छ । गण्डकीको प्रदेशसभामा ६१ सांसद छन् ।

यसैबीच काँग्रेसले ३० मतले बहुमत नहुने भन्दै सभामुखले गैरकानूनी रुपमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको भन्दै विरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us