समाचार

धारिलो हतियार प्रहार गरेर आमा छोरीको हत्या

२०७२ पुष ४ गते ११:०४

रौतहट, ४ पुस– रौतहटको हरैया पल्टुवा गाविस –३ पल्टुवा कानुटोलमा शनिबार दुई जनाको शव फेला परेको छ । स्थानीय रेणु साह र उनकी १० वर्षकी छोरी अंकिता साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । मृतक दुवैजनाको शव घर भन्दा २ सय मटिर...

कामको लोभमा बेचिन लागेका चार बालकको उद्धार

२०७२ पुष ४ गते १०:४८

मोरङ, ४ पुस – मोरङको टङ्कीसिनुवारी गाविस–१ शान्तिचोकबाट विभिन्न प्रलोभन देखाएर भारततर्फ बेचबिखन गर्न लग्दै गरेको अवस्थामा शुक्रबार बेलुका प्रहरीले चार बालकको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सुनसरी जिल्लाको बराह क्षेत्र गाविसबाट एक अपरिचित व्यक्तिले...

कञ्चनपुरका तीस प्रतिशत नागरिक खानेपानीबाट वञ्चित

२०७२ पुष ४ गते १०:४३

कञ्चनपुर, ४ पुस – कञ्चनपुरका अझै पनि तीस प्रतिशत नागरिक व्यवस्थित खानेपानीबाट वञ्चित छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चालु आव २०७२/०७३ को पुस मसान्तसम्ममा ३० प्रतिशत नागरिक खानेपानीबाट वञ्चित भएका हुन् । झन्डै साढे चार लाख जनसङ्ख्या रहेको कञ्चनपुरमा ८६...

दुव्र्यसनमा फसेका ३४ सडक बालबालिकाको उद्धार

२०७२ पुष ४ गते १०:३८

चितवन, ४ पुस – दुव्र्यसनमा फसेका चितवनका ३४ सडक बालबालिकाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एक बालिकासहित उनीहरुलाई बानी सुधारका लागि पुनःस्थापन गृहमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनीहरुलाई अहिले चितवन र गैँडाकोटमा रहेका...

तेत्तीस बुँदे सुधारको तत्कालीन कार्ययोजना सार्वजनिक

२०७२ पुष ४ गते ८:४७

पोखरा, ४ पुस– पोखरा उपमहानगरपालिकाले आगामी चैत ३ गतेसम्मको सुधारको तत्कालीन कार्ययोजना शुक्रबार यहाँ एक कार्यक्रमबीच सार्वजनिक गरेको छ । शुक्रबारदेखि लागू हुने गरी सार्वजनिक गरिएको ३३ बुँदे कार्ययोजनामा सर्वसाधारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा प्रभावकारिताका साथ सेवा प्रवाह गर्ने, पोखराको पर्यटकीय सम्भाव्यतालाई थप...

बिहान ४ बजेर २ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प

२०७२ पुष ४ गते ७:५९

बैतडी, ४ पुस – सुदूरपश्चिमको बाजुरामा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए । उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत...

मधेसी दलसँगको वार्तामा कसैको मध्यस्थता आवश्यक छैन: भट्टराई

२०७२ पुष ३ गते २०:०६

काठमाण्डु, ३ पुस-नेकपा एमालेका सचिव योगेश भट्टराईले तराई मधेसकेन्द्रित दलको आन्दोलनमा सहमति जुटाउन कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक नभएको बताएका छन् । प्रेस चौतारी नेपाल, प्रतिष्ठान अञ्चल कमिटीको शुक्रबार आयोजित भेलाको उद्घाटन गर्दै एमाले प्रचार विभाग प्रमुख भट्टराईले विश्वका कतिपय मुलुकमा यस्ता समस्यामा तेस्रो...

सशस्त्रका प्रहरी प्रमुखले दिए राजीनामा

२०७२ पुष ३ गते २०:०१

३ पुस, काठमाण्डु– भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न सिफारिस गरेका सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले राजीनामा दिएका छन् । उनलाई केही दिनअघि मात्र आयोगले निलम्बन गर्न सिफारिस गरेको थियो । त्यसको दुई दिनपछि वन्तले राजीनामा बुझाएका हुन् । उनको राजीनामा...

कांग्रेस जिल्ला सभापतिले दिए पार्टीलाई यस्तो सुझाब

२०७२ पुष ३ गते १९:००

काठमाण्डु, ३ पुस-नेपाली काँग्रेसका जिल्ला सभापतिले जिल्लाले पठाएको क्रियाशील सदस्यतालाई निरन्तरता दिन नेतृत्व पङ्क्तिलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले जति धेरै क्रियाशील सदस्यता भयो त्यति नै पार्टीको सङ्गठन हुने बताए ।...

कैलाली पुगेर प्रधानमन्त्रीले भने, ‘थारु र पहाडियाबीच युद्ध गराउने तत्वलाई विफल बनाउनुभयो धन्यवाद’

२०७२ पुष ३ गते १८:३८

कैलाली, ३ पुस– शुक्रबार कैलाली पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले टिकापुरमा थारु र पहाडियाबीच जातीय नरसंकार गर्न लागिपरेका बाह्य तत्वको प्रयास विफल बनाएकोमा स्थानीयलाई धन्यवाद द्यिउका छन् । कैलालीको अत्तरियामा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले फेरि पनि ती तत्वहरु आउन...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृ्त्यु

२०७२ पुष ३ गते १८:२९

इटहरी, ३ पुस-सुनसरीको श्रीपुर–९ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतिरबाट पूर्वतिर आइरहेको को २१ प ४१८२ नंको मोटरसाइकल शुक्रबार अपराह्न दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गजियाबाद उत्तर इलाइचीपुरका मोहम्मद इमान खान रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा...

अख्तियारले भन्यो: ‘उजुरी पर्दैमा आत्तिनुपर्दैन’

२०७२ पुष ३ गते १८:१६

रसुवा, ३ पुस-नीति नियमको अधीनमा रही स्वच्छ र पारदर्शी तवरले आफ्नो जिम्मेवारी सम्हाल्न कर्मचारीलाई आग्रह गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालयद्वारा शुक्रबार यहाँ आयोजित अन्तक्र्रियामा आफ्नो जिम्मेवारी अगाडि बढाउँदा कानुनको पूर्ण पालना गर्न निर्देशन दिँदै आयोगमा उजुरी पर्दैमा चिन्तित नहुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us