समाचार

संविधान कार्यान्वयन कांग्रेसको प्राथमिकता

२०७२ पुष ४ गते १६:२२

गोरखा, ४ पुस – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन कांग्रेसको प्राथमिकतामा रहेको बताएका छन् । कांग्रेस क्षेत्र नं १ ले सदरमुकाममा शनिबार गरेको अन्तक्रियामा संविधान कार्यान्वयन गराउने आफ्नो दलले पहल गर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने महत्वपूर्ण होइन, संविधानको...

काठमाण्डु ल्याउँदै गरेको कालो बजारीको ग्यास सिलिन्डर बरामद

२०७२ पुष ४ गते १६:०४

सिरहा, ४ पुस – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बन्दीपुरमा दुुर्घटनामा परेको ट्रकबाट कालो बजारी गर्नका लागि काठमाण्डुमा बिक्री गर्न लगिरहेको खाना पकाउने एलपी ग्यास सिलिन्डर प्रहरीले बिहान बरामद गरेको छ । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना २ ख ६९३१ नंको ट्रक दुर्घटनामा परेपछि उक्त गाडीबाट...

दाउरा खोज्न नदिएको भन्दै गाउँलेले काटे सेनाको हात

२०७२ पुष ४ गते १५:५७

काठमाण्डु, ४ पुस– काठमाण्डुको गोकर्ण वनमा खाना पकाउने दाउरा खोज्न गएका व्यक्तिहरुको समुहले शनिबार बिहान एक सैनिक जवानको हात काटिदिएका छन् । हात काटिएका सैनिकको नाम भने खुल्न सकेको छैन । वनमा दाउरा खोज्न गएका व्यक्तिहरुलाई नेपाली सेनाको बर्दबहादुर गण ’घ’ गुल्मका सैनिकले रोक्न खोज्दा...

आन्दोलन अतिवादीको कब्जामा जान सक्ने खतराः ज्ञवाली

२०७२ पुष ४ गते १५:५०

गुल्मी, ४ पुस – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसकेन्द्रित दलको सर्त मानेर सरकारले मधेसमा गएर वार्ता नगर्ने बताएका छन् । एमाले प्रचार विभाग गुल्मीले शनिबार  तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘वार्ता गर्न सरकार मधेसमा जान हुँदैन भन्ने होइन, तर मधेसवादी दलको...

मोर्चाले राष्ट्रपतिसँग माफी माग्नुपर्छः देउवा

२०७२ पुष ४ गते १५:३६

काठमाण्डु, ४ पुस– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले जनकपुरस्थित जानकी मन्दिरमा पूजाआजाका क्रममा राष्ट्रपति विद्या भण्डारीलाई लक्षित गरेर भएको ढुंगामुढा र पेट्रोल बम प्रहार र दुव्यवहारको घटनामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माफी माग्नुपर्ने बताएका छन् । स्कलर्स अफ् डेमोक्रेसी संस्थाले शनिबार काठमाण्डुमा गरेको...

किसानको आवश्यक्ता अनुसार जनशक्ति तयार नभएर कृषिमा परनिर्भरता बढ्योः प्रचण्ड

२०७२ पुष ४ गते १५:१९

काठमाण्डु, ४ पुस–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको आवश्यकता अनुसार जनशक्ति उत्पादनमा ध्यान नदिएका कारण कृषिमा परनिर्भरता बढेको बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले शनिबार ललितपुरमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले कृषकको आवश्यकता र उत्पादकत्व वृद्धिलाई कृषि विकास मन्त्रालय र...

रेडक्रस भवन निर्माणका लागि दुई लाख सहयोग

२०७२ पुष ४ गते १४:५०

दमक, ४ पुस – झापाको लखनपुरस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको निर्माणाधीन भवनमा स्थानीय दुई जना दाताले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । लखनपुर–१ घर भई हाल काठमाण्डु बस्दै आउनुभएका हेमबहादुर थेवेले एक लाख रुपैयाँ र लखनपुर–४ का स्व बलबहादुर राईको स्मृतिमा छोरा लक्ष्मी राईले...

राष्ट्रपतिमाथिको दुव्यवहारप्रति मोर्चाका नेतृहरु नै असन्तुष्ट

२०७२ पुष ४ गते १४:३६

काठमाण्डु, ४ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले गत विहीबार जानकी मन्दिरमा पूजा गरेर अपवित्र भएको भन्दै सुनपानी छकिएर चोख्याएको घटनाको सर्वत्र विरोध भएको छ । मोर्चाका कार्यकर्ताले राष्ट्रपति भण्डारीले मन्दिरमा चलिआएको मुल्य र मान्यता विपरीत पूजा गर्न गएको भन्दै चोख्याएको तर्क गरेका छन् । तर...

सरकारले मधेसमै गएरचाहि वार्ता गर्दैन: ज्ञवाली

२०७२ पुष ४ गते १४:०७

गुल्मी, ४ पुस-नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले मधेसकेन्द्रित दलको सर्त मानेर सरकारले मधेसमा गएर वार्ता नगर्ने बताएका छन् । एमाले प्रचार विभाग गुल्मीले शनिबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘वार्ता गर्न सरकार मधेसमा जान हुँदैन भन्ने होइन, तर मधेसवादी दलको यो सर्त...

कांग्रेस र मधेसी मोर्चाबीच छलफल

२०७२ पुष ४ गते १४:०४

काठमाण्डु, ४ पुस-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई–मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल भएको छ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा शनिबार बिहान उनीहरुबीच भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक सङ्कट यथाशक्य छिटो टुङ्ग्याएर...

आगलागीपीडितलाई कांग्रेसको राहत रकम

२०७२ पुष ४ गते १४:०३

खोटाङ, ४ पुस – दिक्तेलका आगलागीपीडितका लागि नेपाली काँग्रेस खोटाङले सङ्कलन गरेको राहत रकम पीडित परिवारलाई प्रदान गरिएको छ । काँग्रेसले सदरमुकाम दिक्तेलमा शुक्रबार बिहान सङ्कलन गरेको रु एक लाख ८१ हजार २१७ पीडित परिवारलाई प्रदान गरिएको हो । आगलागीबाट बिस्थापित दिक्तेल नगरपालिका–२ का...

पुनःनिर्माण प्राधिकरण चाँडै गठन हुन्छः खनाल

२०७२ पुष ४ गते १३:०९

इलाम, ४ पुस-नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद्बाट पुनःनिर्माण विधेयक पारित भइसकेकाले पुनःनिर्माण प्राधिकरण चाँडै गठन हुने बताएका छन् । शनिबार बिहान इलाममा रासस सम्वाददातासँग सङ्क्षिप्त कुराकानी गर्दै नेता खनालले भूकम्प र नाकाबन्दीले देश जर्जर स्थितिमा पुगेकाले प्राधिकरण गठन गरेर तत्काल काम अघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us