समाचार

मधेसमा संविधानका विषयमा भ्रम फैलाइयोः सञ्चारमन्त्री

२०७२ पुष १० गते १७:४७

भक्तपुर, १० पुस– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको संविधान राम्रो बने पनि जनतामाझ प्रचार हुन नसक्दा भ्रम फैलाउने काम भएको बताएका छन् । अन्नतलिङ्गेश्वर नगरपालिकास्थित अनन्तलिङ्गेश्वर महादेव मन्दिर परिसरमा आयोजित धान्य पूर्णिमा एवम् निर्माणाधीन गणेश मन्दिरको शिलान्यास गर्दै मन्त्री राईले संविधान जारी भएसँगै...

कांग्रेसले दृढतापूर्वक संविधानको कार्यान्वयन गर्छः उपसभापति पौडेल

२०७२ पुष १० गते १७:३८

पोखरा, १० पुस – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो नेतृत्वको सरकारले बनाएको नेपालको नयाँ संविधानलाई कांग्रेसले दृढतापूर्वक कार्यान्वयन गर्ने बताएका छन् । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको पश्चिमाञ्चल क्षेत्रीय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले नेपालको समृद्धि र विकासका लागि लोकतन्त्रका पक्षमा २००७ सालदेखि अनवरत...

किराँतीको उधौली पर्व सुरु

२०७२ पुष १० गते १७:३१

भोजपुर, १० पुस – पूर्वी पहाडी जिल्ला भोजपुरमा किराँत समुदायको महान् पर्व साकेवा सोकन्वा उधौली २०७२ सुरु भएको छ । मंसिर पूर्णिमाको अवसरमा हरेक वर्ष ढोलझ्याम्टाका साथ साकेला नाच्दै आएका किराँत समुदायको यो पर्व शुक्रबार पूर्णिमादेखि औपचारिक रुपमा प्रारम्भ भएको किराँत राई यायोक्खा नगर...

ग्यास चुहिएर आगलागी हुँदा तीन गम्भीर घाइते

२०७२ पुष १० गते १७:२६

गौशाला, १० पुस – महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित एक घरमा आज ग्यास चुहिएर आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जलेश्वर–२ बस्ने ४० वर्षीय सञ्जय साह, उनकी पत्नी ३५ वर्षीया दिव्या देवी पूर्वे र कामदार जलेश्वर–१४ बस्ने १६ वर्षीय...

भारतलाई ठूलै झड्काः चीनसँग भयो तेल र ग्यास सम्झौता

२०७२ पुष १० गते १७:२३

काठमाण्डु, १० पुस– उपप्रधानमन्त्री कमल थापासहितको नौँ सदस्यीय टोलीको चीन भ्रमण फलदायी भएको छ । चीन भ्रमणका क्रममा बेइजिङमा नेपालका तर्फबाट थापासहित कानुन मन्त्री अग्नी खरेल, परराष्ट्र, अर्थ र वाणीज्य मन्त्रालयका सचिवहरु, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीहरु र चीनका विदेशमन्त्री वाङ यीको...

प्रचण्डसँगको भेटमा एकाएक लचिलो देखियो मधेसी मोर्चा

२०७२ पुष १० गते १७:०१

काठमाण्डु, १० पुस– आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मुलुकमा जारी संकट समाधानका लागि केही लचिलो देखिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक समेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार भएको भेटमा मोर्चा नेताहरु लचिलो रुपमा प्रस्तुत भएका हुन् । संसदमा पेश भएको...

महत्व दर्शाउन चितवनमा सामूहिक ‘धान पूजा’ लगाइयो

२०७२ पुष १० गते १६:५४

चितवन, १० पुस – चितवनको भरतपुरस्थित उज्ज्वल नगर र देवनगरका स्थानीय किसानले संस्कृति संरक्षण र अन्नको महत्व दर्शाउन आज नौलो कार्यक्रम गरेर ‘धान पूजा’ गरेका छन् । आज धान्य पूर्णिमासमेत भएकाले त्यसै अवसरमा पूजा गरिएको हो । वर्षौंदेखि धानको पूजा गर्दै आए पनि प्रचार...

सय दिन पुगेपछि ओली सरकार ढल्छः किराँती

२०७२ पुष १० गते १६:४६

काठमाण्डु, १० पुष – एकीकृत नेकपा माओवादी स्थायी समितिका सदस्य गोपाल किराँतीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार मुलुकको लागि भार बनेको भन्दै एक सय दिन पुगेपछि सरकार ढाल्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लबले शुक्रबार गरेको साक्षात्कारमा नेता किराँतीले केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट...

अस्तव्यस्त तराईका हाटबजार खुल्न थाले

२०७२ पुष १० गते १६:२४

गौशाला, १० पुस – लामो समयदेखिको बन्दले जनजीवन अस्तव्यस्त हुन थालेपछि महोत्तरीका हाटबजार खुल्न थालेका छन् । विगत चार महिना बढीदेखि बन्द रहेको जिल्ला सदरमुकाम जलेश्वरसहित गौशाला, मटिहानी, सम्सी, मनरा, सरपल्लो, बलवा, भ्रमपुरा, औरहीसहित गाउँका हाटबजार विस्तारै सञ्चालनमा आउन थालेका छन् । तराई मधेस...

आजबाट दैनिक ११ घण्टा लोडसेडिङ (तालिकासहित)

२०७२ पुष १० गते १६:१४

काठमाण्डु, १० पुस – नदीमा जलप्रवाह घटेकाले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समयमा वृद्धि गरेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हप्तामा ७० घण्टा विद्युत्भार कटौती हुँदै आएकोमा आजदेखि ७७ घण्टा कटौती गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।...

विविधतामा एकता नेपाली समाजः ओली

२०७२ पुष १० गते १६:०८

काठमाण्डु, १० पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भौगोलिक विविधता, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको बताउँदै अनेकतामा एकताको उदाहरण पाइनु नै नेपालको विशिष्ठता भएकोे उल्लेख गरेका छन् । बाह्रौं ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले शुक्रबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,...

राजधानीको तापक्रममा केही सुधार

२०७२ पुष १० गते १५:५९

काठमाण्डु, १० पुस – विगत केही दिनदेखि अत्यधिक चिसो रहँदै आएको काठमाडौँ उपत्यकाको तापक्रममा आजबाट केही सुधार देखिएको छ । बिहीबार दुई वर्षयताकै सबैभन्दा बढी चिसो न्यूनतम् तापक्रम शून्य डिग्री सेल्सियस पुगेकोमा आज उपत्यकाको न्यूनतम् तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us