रवि लामिछानेद्वारा मलेसियाका गृहमन्त्रीलाई फोनः जिबी राईलाई नेपाल झिकाइदिन आग्रह

काठमाण्डु टुडे २०८१ वैशाख २३ गते १९:०५ मा प्रकाशित

काठमाडु, २३ वैशाख– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गरेका छन् ।

लामिछानेले टेलिफोन गरी राईलाईनेपाल झिकाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सर्वसाधारण बचतकर्ताको निक्षेप हिनामिना गरी विभिन्न सहकारीबाट रकम लिएर गोर्खा मिडिया नेटवर्कसहित व्यवसायमा लगानी गरेका राई सहकारी ठगीका फरार आरोपी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us