समाचार

सशस्त्र प्रहरी बलका महानिरीक्षक वन्तलाई निलम्बन गर्न आयोगको सिफारिस

२०७२ पुष २ गते १६:१८

काठमाण्डु, २ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई तत्काल निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ । सशस्त्र प्रहरी बलको विभिन्न सामग्री खरिदपछि ढुवानी गर्ने कार्यमा ठेक्का प्रक्रिया अगाडि बढाउँदा झुट्ठा बिल भर्पाई बनाई राज्य कोषको दुरुपयोग गरेको पाइएको...

शसस्त्र प्रहरी महानिरिक्षक वन्तलाई निलम्बन गर्न अख्तियारको सिफारिस

२०७२ पुष २ गते १५:५८

काठमाण्डु, २ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शसस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ । आयोग स्रोतका अनुसार महानिरिक्षक वन्त अख्तियारको छानविनको दायरामा रहेकाले निलम्बन गर्न सरकारलाई सिफारिस गरेको हो । उनीमाथि विभिन्न विषययमा अनियमितता गरेको आरोप लागेपनि आयोगले अन्य विषय...

तेलहालेर मोटरसाइकल स्टार्ट गर्दा आगलागी

२०७२ पुष २ गते १५:३१

झापा, २ पुस – झापाको बुधवारे–९ स्थित जनकल्याण शिव स्टोर्स (पेट्रोल पम्प)मा आज दिउँसो तेल भरेको एउटा मोटरसाइकलमा आगलागी भएको छ । बुधबारे ट्राफिक प्रहरी बिटका इन्चार्ज जनक खड्काका अनुसार दिउँसो १ः१५ बजेतिर पेट्रोल भरेको मे ५ प ३५६ नम्बरको मोटरसाइकल स्टार्ट गरेर लैजान...

बेलायत पुगेर थापाले उठाए भारतले गरेको सीमा नाका अवरोधको कुरा

२०७२ पुष २ गते १५:११

काठमाण्डु , २ पुस – संयुक्त अधिराज्यको तीन दिने भ्रमणका क्रममा उपप्रधानमन्त्री कमल थापाले बेलायती नेता तथा अधिकारीसँग भेट गरेका छन् । बेलायती विदेशमन्त्री फिलिप हेम्मोण्ड लगायतकासँगको भेटमा थापाले नेपालको पछिल्लो अवस्था, नयाँ संविधान र सीमा नाकामा भारतीय अवरोधका बारेमा जानकारी गराएका छन् ।...

मानसिक सन्तुलन गुमाएका बालक उपचारको अभावमा जीवन-मृत्युको दोसाँधमा

२०७२ पुष २ गते १४:३९

जाजरकोट, २ पुस – जाजरकोट नायकवाडा–२ रावत जिरीका १० वर्षीय भीमबहादुर रावतको आर्थिक अभावका कारण सात वर्षदेखि उपचार हुन सकेको छैन । मानसिक सन्तुलन गुमाएका बालक भीमबहादुरको उपचारमा लाग्ने खर्च जुटाउन परिवारले नसकेपछि उनी जीवन र मृत्युको दोसाँधमा रहेका छन् । सात वर्ष पहिलादेखि...

उपप्रधानमन्त्रीको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा श्रेष्ठ नियुक्त

२०७२ पुष २ गते १४:३०

काठमाण्डु, २ पुष– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले प्रेस तथा जनसम्पर्क सल्लाहकारमा मोहन श्रेष्ठ नियुक्त गरेका छन् । श्रेष्ठ राप्रपा नेपालका सहप्रवक्ता तथा केन्द्रीय सदस्य हुन् । आफूले उपप्रधानमन्त्री थापाको कार्यसम्पादनमा आफूले सहयोग गर्ने श्रेष्ठले बताए । उनले भने, ‘आफूले पाएको जिम्मेवारी पूरा गर्न...

राष्ट्रपतिमाथि पेट्रोल बम प्रहार भएको घटनाको निन्दा

२०७२ पुष २ गते १४:०६

काठमाण्डु, २ पुष–मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपतिको जनकपुर भ्रमणका क्रममा आन्दोनरत मधेसी मोर्चाका कार्यकताहरुले ढुंगामुढा प्रहार गरेको र पेट्रोल बम फालेको घटनाको निन्दा गरेको छ । बिहीबार महासचिव उत्तम पुडासैनीको नाममा समाजले एक विज्ञप्ती जारी गरि सो कर्मको निन्दा गरेको हो । समाजद्वारा...

एक हप्ताभित्र पुनःनिर्माण प्राधिकरण गठन हुन्छ: मन्त्री पाण्डे

२०७२ पुष २ गते १३:५१

काठमाण्डु, २ पुस-उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पुनःनिर्माण प्राधिकरण एक हप्ताभित्र गठन भएर प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने बताएका छन् । रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले पुनःनिर्माणसम्बन्धी विधेयक पारित भइसकेकाले अब छिट्टै पुनःनिर्माणको काम अगाडि बढ्ने बताए । भारतको नाकाबन्दीका कारण अहिले भएका...

बिशेषज्ञको अभावमा आइसियु सञ्चालनमा ढिलाइ

२०७२ पुष २ गते १३:५०

कञ्चनपुर, २ पुस – कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा सघन उपचार कक्ष (आइसियु) दक्ष जनशक्तिको अभावमा सञ्चालनमा ढिलाइ भएको छ । अस्पताल विकास समितिले आइसियुका लागि उपकरण खरिद गरेपनि विशेषज्ञसहितको चिकित्सकको व्यवस्था नहुँदा सञ्चालनमा ल्याउन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले...

सप्तरीमा आगलागीबाट घर नष्ट

२०७२ पुष २ गते १३:४०

सप्तरी, २ पुस – सप्तरीको रायपुरमा गए राति आगलागी हँुदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । रायपुर–८ निवासी घनश्याम यादवको घरमा अचानक आगो लागेको हो । आगलागीबाट उनको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा रहेको खाद्यान्न, लत्ताकपडा,...

मेसिनले पढ्न सक्ने राहदानीको काम सुरु

२०७२ पुष २ गते १३:२७

धनगढी, २ पुस – इलाका प्रशासन कार्यालय टीकापुरले बुधबारदेखि मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) को कार्य सुरु गरेको छ । घरदैलो मै सेवाग्राहीलाई सेवा उपलब्ध गराउने सरकारको नीतिबमोजिम इलाका प्रशासन कार्यालयबाट यो कार्य प्रारम्भ गरिएको हो । राहदानीसम्बन्धी काम टीकापुर इलाका प्रशासन कार्यालयबाट हुन...

तराई–मधेस आन्दोलनबारे काँग्रेसको यस्तो निर्णय

२०७२ पुष २ गते १२:३७

काठमाण्डु, २ पुस– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत अन्य राजनीतिक दलसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्ने निर्णय गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको पदाधिकारी बैठकले संसद्मा पेस भएको संविधान संशोधन विधेयकका आधारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us