समाचार

राष्ट्रियसभा सदस्य न्यौपाने बन्दै सामान्य प्रशासनमन्त्री !

२०८२ असार ३१ गते १६:४०

काठमाण्डू, ३१ असार– राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त हुने भएकी छन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको...

बालेनले कवाड व्यवसायीलाई धरपकड गरेको भन्दै संसदमा जसपा सांसदको आक्रोश

२०८२ असार ३१ गते १६:२९

काठमाण्डू, ३१ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले काठमाण्डू महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानुनी धरपकड गरेको भन्दै आपत्ति व्यक्त गरेकी छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै जसपाकी सांसद यादवले आपत्ति व्यक्त गरेकी हुन । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै...

एमालेले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन गर्ने

२०८२ असार ३१ गते १६:११

काठमाण्डू, ३१ असार– सत्ता घटक दल एमालेको सदस्यता नवीकरण–पूर्व अब अनिवार्यरुपमा परीक्षा दिनुपर्ने भएको छ । नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिएका छन । यस्तै नेकपा एमालेले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम...

अब एमालेको संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने

२०८२ असार ३१ गते १६:१०

काठमाण्डू, ३१ असार– सत्ता घटक दल एमालेको सदस्यता नवीकरण–पूर्व अब अनिवार्यरुपमा परीक्षा दिनुपर्ने भएको छ । नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिएका छन । यस्तै नेकपा एमालेले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम...

सुर्खेतमा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

२०८२ असार ३१ गते १६:०२

वीरेन्द्रनगर, ३१ असार– प्रहरीले सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३ मा बस्दै आएका चन्दलाई...

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

२०८२ असार ३१ गते १५:५१

काठमाण्डू, ३१ असार– दार्चुलामा तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट मंगलबार महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा...

सरकारले केही पनि गरेको छैन नभनौंः एमाले सांसद गिरी

२०८२ असार ३१ गते १५:४४

काठमाण्डू, ३१ असार– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले नेकपा सरकारले केही पनि गरेको छैन भन्ने भाष्य बनाउन खोजिएको र यो गलत भएको तर्क गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गिरीले यस्तो बताएका हुन । उनले अहिले...

पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको सपथ

२०८२ असार ३१ गते १५:३१

काठमाण्डू, ३१ असार– अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन । पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पद तथा गोप्नियताको सपथ लिएका हुन । हिजो (सोमबार)को मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको...

मन्त्रीहरु भ्रष्टाचार र घुसमा तल्लिन छन्, अनुहार छोपेर हिँड्न बाध्य छौंः राजेन्द्र बजगाईं

२०८२ असार ३१ गते १५:१४

काठमाण्डू, ३१ असार– सत्ता घटक दल कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुकमा चरम ऋणमा डुबिरहेको भन्दै विजयको गर्जन गर्न लाज हुने बताएका छन । सरकारका मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिनमा रहेको भन्दै उनले सांसद र नेताहरु अनुहार छोपेर हिँड्न बाध्य भएको पनि बताएका छन ।...

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित मिडिया सञ्चालक पक्राउ

२०८२ असार ३१ गते १५:०६

काठमाण्डू, ३१ असार– बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि. अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा रहेको रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार विशेष सूचनाका आधारमा...

स्पेन प्रकरणः छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा समिति गठन

२०८२ असार ३१ गते १४:१७

काठमाण्डू, ३१ असार– नेपाल गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन समिति गठन गरेको छ । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी)...

ज्ञानबहादुर शाहीको अभिव्यक्तिप्रति सुनिता बरालको नियमापत्ति

२०८२ असार ३१ गते १३:४५

काठमाण्डू, ३१ असार– एमाले सचेतक सुनिता बरालले राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोलेका विषय संसदको रेकर्डबाट हटाउन माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले प्रधानमन्त्री केपी ओलीमाथि भ्रष्टाचारी आरोप लगाएपछि बरालले नियमापत्ति गरेकी थिइन् । बरालले संसदलाई जे पनि बोल्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us