काठमाण्डू, ३१ असार– बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि. अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा रहेको रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई यो कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो ।
कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार, देउवाको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको छ । कार्यालयबाट रंगिन प्रिन्टर, मोनिटर, सिपीयूलगायत समेत बरामद गरीएको प्रहरीले जनाएको छ ।
सोधपुछका लागि कार्यालयका अर्का एक कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिए पनि संलग्नता नदेखिएकाले छाड्ने तयारी रहेको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।