अब एमालेको संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने

काठमाण्डु टुडे २०८२ असार ३१ गते १६:१० मा प्रकाशित

काठमाण्डू, ३१ असार– सत्ता घटक दल एमालेको सदस्यता नवीकरण–पूर्व अब अनिवार्यरुपमा परीक्षा दिनुपर्ने भएको छ । नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिएका छन । यस्तै नेकपा एमालेले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले हरेक वडामा अग्रजलाई सम्मान र युवा प्रशिक्षण कार्यक्रम सँगसँगै आयोजना निर्णय भएको संगठन विभागका सचिव ढुंगेलले जानकारी दिए। बैठकले जरा अभियान जस्तै अभियान लिएर एमाले जनताका घर घरमा जानुपर्ने निष्कर्ष निकालेको छ।

एमालेले सबै तहका पार्टी कमिटीमा लघु प्रशिक्षणसहितका बैठकको परिपाटी बसाले स्तरोन्नती गर्ने भएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संगठनात्मक क्षेत्रका कामलाई व्यवस्थित योजनाका साथ विभागहरुलाई क्रियाशित बनाउने र विधान महाधिवेशनका तयारीका लागि संगठनात्मक दस्तावेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई रिपोर्ट उपलब्ध गराइएको निर्णय समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us