सरकारले केही पनि गरेको छैन नभनौंः एमाले सांसद गिरी

काठमाण्डु टुडे २०८२ असार ३१ गते १५:४४ मा प्रकाशित

काठमाण्डू, ३१ असार– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले नेकपा सरकारले केही पनि गरेको छैन भन्ने भाष्य बनाउन खोजिएको र यो गलत भएको तर्क गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गिरीले यस्तो बताएका हुन । उनले अहिले नकारात्मक मात्रै कुरा हुने, सबै अस्तव्यस्त भयो, देश बर्बाद भयो, देश डुब्न लाग्यो, देशमा भविष्य छैन भन्ने प्रकारले प्रस्तुत हुने प्रवृति रहेको पनि बताए ।

यसलाई चिर्न सक्नुपर्ने उनको आग्रह छ । एमाले सांसद गिरीले भने, ‘यथार्थ के हो आम जनतालाई बताउन सक्नुपर्छ । यो सदन यसमा केन्द्रित हुनुपर्छ, जहाँ चुकेको छ, जहाँ कमजोरी भएको छ त्यहाँ निर्ममतापूर्वक औंल्याउन पनि सक्नुपर्छ, सरकारलाई घचघच्याउन सक्नुपर्दछ ।’

उनले सुशासनको मामिलामा जसरी काम गर्न सक्नुपर्ने थियो त्यसरी काम हुन नसकेको स्वीकार गर्न सकिने पनि बताएका छन । उनले जनतामा निराशा रहेको पनि बताए । लगानीका लागि वातावरण अझै बनाउन आवश्यक रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us