समाचार

रामेछापमा जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

२०८२ साउन २५ गते १३:१३

काठमाण्डू, २५ साउन– रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको स्कारपियो जिप दुर्घटना हुँदा एकको मृत्यु श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२०८२ साउन २५ गते १३:०७

काठमाण्डू, २५ साउन– आज (आइतबार) बिहान एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी...

जनकपुरमा रेल र कार ठोक्किए

२०८२ साउन २५ गते १२:५७

काठमाण्डू, २५ साउन– जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएर दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले...

कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा

२०८२ साउन २५ गते १२:५१

काठमाण्डू, २५ साउन– कैलाली कारागारमा शुक्रबार एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सकेको छैन । घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले...

तीजको नाच हेरेर फर्किरहेकी बालिका बलात्कृत

२०८२ साउन २५ गते १२:४१

काठमाण्डू, २५ साउन– प्रहरीले दैलेखमा १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् । तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी...

काठमाण्डूमा डेराबाट १ लाख बराबरको धनमाल चोरी

२०८२ साउन २४ गते १८:१२

काठमाण्डू, २४ साउन– काठमाण्डू महानगरपालिका–२०, कोहिटीमा बस्ने ३० वर्षीया सुनिता योगीको डेराबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बिहीबार साँझ भएको चोरीमा योगीको कोठाबाट एउटा ल्यापटप, एउटा मोबाइल र नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । यस घटनापछि प्रहरीले...

स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

२०८२ साउन २४ गते १७:२७

काठमाण्डू, २४ साउन– सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको...

नेपाली महिलालाई दलालले दुबईमा लगेर बेचेपछि…

२०८२ साउन २४ गते १७:१४

काठमाण्डू, २४ साउन– बिहीबार दिउँसो बबरमहलको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भेटिएकी बबरमहल–१ (परिवर्तित नाम) खाडी (दुबई)मा बेचबिखनमा परेकी नेपाली महिला हुन् । दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीको नाममा दुबई पुगकी उनी न्याय खोज्दै ब्यूरोसम्म आइपुगेकी थिइन् । खाडीमा चार महिना बन्धक भएको पीडा सुनाउँदा...

बागमतीका मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन कांग्रेसले लगायो ह्वीप

२०८२ साउन २४ गते १७:०३

काठमाण्डू, २४ साउन– सत्ताको प्रमुख घटक दल कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतमा तीन बुँदे ह्वीप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली,...

पर्वतमा पहिरोले पुर्‍यो जिप

२०८२ साउन २४ गते १६:०९

काठमाण्डू, २४ साउन– पर्वतको मोदी गाउँपालिका–४ स्थित क्याङमा एउटा जिपलाई पहिरोले पुरेको छ । पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा उक्त जिप बाटो हिलो भएपछि फसेको थियो । सो क्रममा माथिबाट आएको पहिरोले जिप पुरिएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । जिल्ला प्रहरी...

जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छः महन्थ ठाकुर

२०८२ साउन २४ गते १६:०५

काठमाण्डू, २४ साउन– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महन्थ ठाकुरले जनताले चाहेको खण्डमा अहिलेको सरकार एकैछिनमा ढल्ने बताएका छन । संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन । अधिकार र पहिचानका लागि थारु...

कैलाली कारागारमा सुरक्षाकर्मीलाई कैदीबन्दीहरुको चेतावनीः कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने हो

२०८२ साउन २४ गते १५:५७

काठमाण्डू, २४ साउन– कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा आएको छ । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका हुन । अहिले स्थिति नियन्त्रण बाहिर गएको सुरक्षा स्रोतले जानकारी दिएको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us