काठमाण्डूमा डेराबाट १ लाख बराबरको धनमाल चोरी

काठमाण्डु टुडे २०८२ साउन २४ गते १८:१२ मा प्रकाशित

काठमाण्डू, २४ साउन– काठमाण्डू महानगरपालिका–२०, कोहिटीमा बस्ने ३० वर्षीया सुनिता योगीको डेराबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

बिहीबार साँझ भएको चोरीमा योगीको कोठाबाट एउटा ल्यापटप, एउटा मोबाइल र नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । यस घटनापछि प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गरिरहेको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us