राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाण्डु टुडे २०८२ साउन २५ गते १३:०७ मा प्रकाशित

काठमाण्डू, २५ साउन– आज (आइतबार) बिहान एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ ।

उनी तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाण्डू फर्किएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us