समाचार

डडेल्धुरामा वडाध्यक्षले गरे दलित युवकमाथि दुर्व्यवहार

२०८२ साउन २६ गते १४:४३

काठमाण्डू, २६ साउन– डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको पाइएको छ । वडाध्यक्ष जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप छ । बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले...

काठमाण्डूबाट २२ वर्षीय युवक ८ महिनादेखि सम्पर्कविहीन

२०८२ साउन २६ गते १४:३९

काठमाण्डू, २६ साउन– काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिकाबाट २२ वर्षीय युवक रोशन तिवारी ८ महिनादेखि बेपत्ता भएका छन । कक्षा १२ को पढाइ सकेर विदेश जाने तयारी गरिरहेका तिवारी ८ महिनादेखि सम्पर्कविहीन भएको पाइएको छ । उनको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइएको बुबा डिल्लीप्रसाद...

राष्ट्रिय मानव अधिकार आयोगले भन्योः रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ

२०८२ साउन २६ गते १४:३४

काठमाण्डू, २६ साउन– राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको बताएका छन । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र...

माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियोः झलनाथ

२०८२ साउन २६ गते १२:५७

काठमाण्डू, २६ साउन– पूर्व प्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भनेर आफू लागिरहेको तर पदबाट हटाउन खोज्यो भनेर बुझिएको गुनासो व्यक्त गरेका छन । नेता खनालले त्यस्ता बुझाइहरूलाई ‘कच्चापन र...

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

२०८२ साउन २६ गते १२:१७

काठमाण्डू, २६ साउन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको अदालत स्रोतले जानकारी दिएको छ । बुटवलको सुप्रिम सहकारी...

बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

२०८२ साउन २६ गते १२:१३

काठमाण्डू, २६ साउन– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे-१ ख  १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१ – ००१...

संसद्को उद्योग समितिको बैठक स्थगित

२०८२ साउन २६ गते १२:०६

काठमाण्डू, २६ साउन– संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ । आज (सोमबार) बिहान साढे ११ बजे बस्ने तय भएको बैठक विशेष कारणले स्थगित भएको समिति सचिवालयले जानकारी दिएको छ । ‘बैठक विशेष...

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी म हुन्छुः गगन थापा

२०८२ साउन २५ गते १७:५०

काठमाण्डू, २५ साउन– कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओली, आफ्नै पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका छन । आज (आइतबार)...

कांग्रेस–एमालेका शीर्ष नेताबिच मन्त्री हेरफेरबारे छलफल

२०८२ साउन २५ गते १७:३९

काठमाण्डू, २५ साउन– एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री...

कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मीको प्रवेश

२०८२ साउन २५ गते १७:२६

काठमाण्डू, २५ साउन– कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन । कैदीबन्दीका दुई समूहबीचको झडपका कारण हिजो (शनिबार)देखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न रोक थियो । आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय,...

महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

२०८२ साउन २५ गते १६:२३

काठमाण्डू, २५ साउन– कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिएका छन । उनीहरू...

कारले ठक्कर दिएर माल्टामा ४२ वर्षीय नेपालीको मृत्यु

२०८२ साउन २५ गते १६:१७

काठमाण्डू, २५ साउन– माल्टामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको दुर्घटनामा मृत्यु भएको हो । आइतबार बिहान बिरकिरकारा भन्ने स्थानमा उक्त दुर्घटना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिएका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us