काठमाण्डूबाट २२ वर्षीय युवक ८ महिनादेखि सम्पर्कविहीन

काठमाण्डु टुडे २०८२ साउन २६ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, २६ साउन– काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिकाबाट २२ वर्षीय युवक रोशन तिवारी ८ महिनादेखि बेपत्ता भएका छन । कक्षा १२ को पढाइ सकेर विदेश जाने तयारी गरिरहेका तिवारी ८ महिनादेखि सम्पर्कविहीन भएको पाइएको छ । उनको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइएको बुबा डिल्लीप्रसाद तिवारीले जानकारी दिएका छन ।

‘प्रहरीलाई खोजीका लागि सहयोग मागेका छौं, आफन्तदेखि लिएर अरु जानसक्ने ठाउँ सबैतिर खोजी गरिसक्यौं,’ उनले भने, ‘छोरालाई फेला पार्न सकिएको छैन ।’ प्रहरी वृत्त, बौद्धमा निवेदन परेपछि खोजतलास गरिदिन भन्दै देशभरका प्रहरी युनिटलाई पत्राचार भएको छ । परिवारका अनुसार, उनलाई अन्तिम पटक मुलपानीमा देखिएको थियो ।

प्रहरी अधिकृतहरुले भने उनलाई वीरगञ्जसम्म ट्रेस गरिएको बताएका छन् । तर, यत्तिका समयसम्म साथीभाइ कोहीसँग सम्पर्क नगरेको बताइएको छ । यदी कसैले तिवारीलाई काहीँ देखेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us