काठमाण्डू, २५ साउन– कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिएका छन । उनीहरू...
काठमाण्डू, २५ साउन– माल्टामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको दुर्घटनामा मृत्यु भएको हो । आइतबार बिहान बिरकिरकारा भन्ने स्थानमा उक्त दुर्घटना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिएका छन...
काठमाण्डू, २५ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । शनिबार दुई नेताबिच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग भेट हुनु नै ठुलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् । केही...
काठमाण्डू, २५ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन । अध्यक्ष लिङदेनले विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै अब त्यो सम्भावना नरहेको बताएका हुन...
काठमाण्डू, २५ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा आइतबार...
काठमाण्डू, २५ साउन– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री फेरबदलबारे छलफल गरेका छन ।आइतबार बिहान उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् । केही दिनअघि उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका...
काठमाण्डू, २५ साउन– बजारमा गुण्डा नाइके पहिचान बनाएका चक्रे मिलन (मिलन गुरुङ) सँग भक्तपुर प्रहरीले पनि बयान लिएको छ । प्रहरी वृत्त थिमी र जिल्ला सरकारी वकिल कार्यालयले चक्रेसँग बयान लिएको स्रोतले जानकारी दिएको छ । दिव्यश्वरि टाउन प्लानिङस्थित बड्डाको तावामा भएको घटनामा शुक्रबार...
काठमाण्डू, २५ साउन– प्रहरीले दैलेखमा १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् । तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी...
काठमाण्डू, २५ साउन– कैलालीको धनगढी स्थित कारागारमा झडप हुँदा गम्भीर घाइते भएका अर्का एक जनालाई पनि काठमाण्डू ल्याउने तयारी गरीएको छ । गत शुक्रबार राति कैदी बन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको थियो । ४७ जना घाइते भएका थिए । सेती प्रादेशिक अस्पतालमा...
काठमाण्डू, २५ साउन– पर्साको ठोरी गाउँपालिका–४ माली बस्तीनजिकै भारततर्फ जाने बाटोमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । आज विहान ७ः ३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा फेला परेको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले जानकारी...
काठमाण्डू, २५ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन । आज (आइतबार) मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तराईमा सिँचाइको...
काठमाण्डू, २५ साउन– मकवानपुरमा प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया एक महिला रहेकी छन । ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले...