ठोरीमा मृत अवस्थामा भेटियो पाटे बाघ

काठमाण्डु टुडे २०८२ साउन २५ गते १३:३३ मा प्रकाशित

काठमाण्डू, २५ साउन– पर्साको ठोरी गाउँपालिका–४ माली बस्तीनजिकै भारततर्फ जाने बाटोमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । आज विहान ७ः ३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा फेला परेको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिएका छन ।

उनले भने, ‘ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएर छ, अहिले अनुसन्धान भइरहेको छ, ‘पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ ।’

पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान चार किलोमिटर दुरीमा पर्छ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us