कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मीको प्रवेश

काठमाण्डु टुडे २०८२ साउन २५ गते १७:२६ मा प्रकाशित

काठमाण्डू, २५ साउन– कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन । कैदीबन्दीका दुई समूहबीचको झडपका कारण हिजो (शनिबार)देखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न रोक थियो ।

आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् । एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ४० घण्टापछि पनि कारागारको स्थिति नियन्त्रणमा आउन सकेको थिएन ।

भर्खरै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली कागारको ब्लक ए र ब्लक बीमा प्रवेश गरी भित्रको स्थितिबारे खोजतलास सुरु गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us