बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

काठमाण्डु टुडे २०८२ साउन २६ गते १२:१३ मा प्रकाशित

काठमाण्डू, २६ साउन– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे-१ ख  १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१ – ००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन ।

निधन हुनेको पहिचान खुलेको छैन भने घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us