जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छः महन्थ ठाकुर

काठमाण्डु टुडे २०८२ साउन २४ गते १६:०५ मा प्रकाशित

काठमाण्डू, २४ साउन– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महन्थ ठाकुरले जनताले चाहेको खण्डमा अहिलेको सरकार एकैछिनमा ढल्ने बताएका छन ।

संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन । अधिकार र पहिचानका लागि थारु र मधेशका सयौं सपुतले बलिदानी दिए पनि अधिकारी पाउन नसकेको पनि उनले बताए ।

उनले भने, ‘अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिए तर हामीले अधिकार पाएनौं ।’ वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र पनि ढलेको बताउँदै जनताले चाहे अहिलेको शासन सत्ता पनि उनले बताए ।

उनले भने, ‘जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ ।’ देशमा संघीयता आए पनि अधिकार भने नपाएको उनको गुनासो थियो । आफूहरूले बनाएको मोर्चा सोही अधिकार प्राप्तिका लागि संघर्ष गर्नका लागि बनेको ठाकुरले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us