काठमाण्डू, २५ साउन– जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएर दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन । रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो ।
सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा कुनै मानवीय क्षति नभएको समेत प्रहरीले जनाएको छ ।