समाचार

भारतीयले बन्द गराए महाकाली नदी पुल

२०८२ असार २ गते १५:४४

काठमाण्डू, २ असार– भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गराएका छन । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ समेत बन्द भएको छ । एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने...

फेसबूकमा‘अलबिदा’ लेखेका डा. श्रेष्ठ बुलेट बाइक चढेर पुगेका थिए श्रीनाथ बुटिक, पिएका थिए कफी

२०८२ असार २ गते १५:२४

काठमाण्डू, २ असार– आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर केहि समय बेपत्ता भएका डा. केशव श्रेष्ठ अन्ततः काठमाण्डूको बालाजु क्षेत्रमा सकुशल फेला परे । उनलाई प्रहरीले तारकेश्वर नगरपालिका ३ स्थित श्रीनाथ बुटिक रिजोर्टमा भेटाएको हो उनले फेसबूकमा ‘अलबिदा’ शीर्षकमा लामो एक स्टाटस लेखेर...

संसदमा रास्वपाको विरोध शैलीः प्रतिपक्षी बोल्दा चुप, सत्तापक्ष बोल्दा नाराबाजी

२०८२ असार २ गते १५:०२

काठमाण्डू, २ असार– पछिल्लो केहि समय यता भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा नाराबाजी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा भने रोष्ट्रम अगाडि पलेंटी कसेर बसेका छन् । एमाले सांसद पदम गिरी बोल्दासम्म नारा लगाइरहेका...

एमाले सांसद सूर्य थापाको प्रश्नः हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते १४:५५

काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन । आजको प्रनिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको नाराबाजीका बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् । संसद बैठक मर्यादित...

सम्पर्कबिहीन भएको डा. श्रेष्ठ भेटिए

२०८२ असार २ गते १४:४९

काठमाण्डू, २ असार– सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ काठमाण्डूको बालाजु क्षेत्रमा फेला परेका छन । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले डा. श्रेष्ठलाई भेटेको हो । उनलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटिएको परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी...

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ, प्रहरी भन्छः तीव्र रुपमा खोजी कार्य जारी छ

२०८२ असार २ गते १४:४३

काठमाण्डू, २ असार– डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको उनले फेसबुकमा बताएका छन । उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय...

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

२०८२ असार २ गते १४:३६

काठमाण्डू, २ असार– आफु विरुद्ध साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका छन् । पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा...

अदालत हाजिर भए धवल शम्शेर

२०८२ असार २ गते १२:३९

काठमाण्डू, २ असार– प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा.धवलशम्शेर राणा जिल्ला अदालत काठमाण्डूमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । राणा सोमबार बिहान आफैं अदालत आएको अदालतका सूचना अधिकारी...

संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

२०८२ असार १ गते २१:४३

काठमाण्डू, १ असार– राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए । ‘दुई वर्षको ‘कुलिङ...

स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

२०८२ असार १ गते २१:३१

काठमाण्डू, १ असार– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै स्कुटरमा सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी...

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

२०८२ असार १ गते १९:०७

काठमाण्डू, १ असार– मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ । आज (आइतबार) बसेको मधेश प्रदेशको प्रदेश सभाको बैठकमा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक बर्षका लागि...

सानो पाइला सहकारी ठगी प्रकरण: रविविरुद्ध ५ करोड बिगो मागदाबी

२०८२ असार १ गते १९:००

काठमाण्डू, १ असार– वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी गरीएको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us