समाचार

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक सुकुम्वासी पक्राउ

२०८३ असार १५ गते १५:३१

काठमाण्डू, १५ असार– विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई राख्नका लागि कीर्तिपुरमा बनाइएको अस्थायी बासस्थल (होल्डिङ सेन्टर) बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा भोजपुरजिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्मर तामाङ लाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।...

कर्मचारी हटाएर एआईमार्फत कन्टेन्ट र विज्ञापन समीक्षा गर्दै मेटा

२०८३ असार १५ गते १५:२३

काठमाण्डू, १५ असार– मेटा कम्पनीले आफ्ना कर्मचारीहरूलाई एआई टुलहरूबाट विस्थापित गर्ने योजनालाई अधि सारेको छ । यसअन्तर्गत कम्पनीले यो वर्षको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्रामलगायतका प्लेटफर्ममा आउने धेरैजसो कन्टेन्ट र विज्ञापनहरूको समीक्षा गर्न ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ (एलएलएम) को प्रयोग गर्ने तयारी गरेको छ । फाइनान्सियल...

किसानका समस्या समाधानमा सरकारको ध्यान पुगोस्ः प्रचण्ड

२०८३ असार १५ गते १५:०४

काठमाण्डू, १५ असार– पूर्व प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग अनुरोध गरेका छन । आज (सोमबार) राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस ०८३ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै...

काठमाण्डूमा युवकमाथि खुकुरी प्रहार, १० दिन बित्दा पनि प्रहरीले पाएन सुइँको

२०८३ असार १५ गते १४:५६

काठमाण्डू, १५ असार– काठमाण्डू महानगरपालिका–२३ सामाखुसी टाउनप्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको १० दिन बित्दा पनि प्रहरीले अभियुक्तको पहिचानसम्म गर्न सकेको छैन । गत ४ असारको संसाँझै सडकमै पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–४ घर भइ हाल काठमाण्डूको छाउनी बस्ने २२ वर्षीय टोपजंग...

वामपन्थी एकताः ‘डेट एक्सपायर’

२०८३ असार १५ गते १४:०१

काठमाण्डू, १५ असार– हिजो (आइतबार) काठमाण्डूको राष्ट्रिय सभामा भएको एक कार्यक्रममा वामपन्थी दलका चार शीर्ष नेताहरूको एउटै स्वर थियो– सहकार्य । १४ असार एमाले नेता मदन भण्डारीको जन्मजयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेताहरू माधवकुमार...

राष्ट्रिय सभाको त्यो दृश्यः एकताको रटान, तर नेताहरुले छाडेनन् अडान

२०८३ असार १५ गते १३:४९

काठमाण्डू, १५ असार– नेपाली राजनीतिमा हिजो (आइतबार) लामो समयपछि एकले अर्काको मुख हेर्न नचाहने कम्युनिस्ट शीर्ष नेताहरू एउटै मञ्चमा उभिए । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि थिइन्, पूर्वराष्ट्रपति विद्या भण्डारी। उनै भण्डारीकै नेतृत्वमा कम्युनिस्ट एकता गर्ने बहस चलिरहेको...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

२०८३ असार १५ गते १३:४१

काठमाण्डू, १५ असार– पूर्व मन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । एमाले उपाध्यक्ष पौडेललाई आज (सोमबार) विशेष अदालतमा उपस्थित गराइएको हो । पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर...

किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊः एमाले महासचिव पोखरेल

२०८३ असार १५ गते १३:३७

काठमाण्डू, १५ असार– एमालेका महासचिव शङ्कर पोखरेललाई किसानलाई सरकारले करोडौँ अनुदान होइन मल,बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन । आज (सोमबार) धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेकोले किसानलाई हुने ठुलो नोक्सानीबाट...

ओली र देउवा दम्पतीलाई महँगो परेको १५ असारको दही चिउरा

२०८३ असार १५ गते १३:२९

काठमाण्डू, १५ असार– आज असार १५, नेपाली समाजमा दही चिउरा खाने परम्परागत दिन । तर नेपालको राजनीतिक इतिहासमा यही मिति एउटा महत्त्वपूर्ण सत्ता समीकरण परिवर्तनको सुरुवाती बिन्दुका रूपमा पनि स्मरण गरिन्छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीका लागि दही चिउरा खाने खुशीयालीले निकै कालान्तरमा महँगो...

कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणीः ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’

२०८३ असार १५ गते १३:१४

काठमाण्डू, १५ असार– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति कडा टिप्पणी गरेका छन । एमाले नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको...

डोल्पामा भेटिएको शव २४ घण्टापछि निकालियो

२०८३ असार १५ गते १३:०३

काठमाण्डू, १५ असार– बिहान करिब ११ बजे स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । तर, शव खोलाको गहिरो खोल्साभित्र अड्किएको, भौगोलिक अवस्था अत्यन्त...

एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण

२०८३ असार १५ गते १२:४८

काठमाण्डू, १५ असार– एमालेका युवाहरुले पार्टी पुनर्गठनबारे मत सर्वेक्षण अभियान सुरु गरेका छन । पार्टीको पुनगर्ठन कार्यदलले सीमित नेताहरुसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण सुरु गरिएको उनीहरुले बताएका छन् । ‘एमाले पार्टी जीवनको कुरा नेताहरुलाई मात्रै होइन, सदस्यहरुलाई पनि उत्तिकै चासोको विषय हो,’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us