समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

२०८३ असार १७ गते १३:४१

काठमाण्डू, १७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन । आज (बुधबार) बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन । गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न...

जेलबाट फरार कैदी चोरीको गाडीसहित पक्राउ

२०८३ असार १७ गते १३:२३

काठमाण्डू, १७ असार– झुम्का कारागारबाट फरार रहेका एक कैदीबन्दी चोरीको कारसहित सप्तरीबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती निवासी २४ वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाख्रिन रहेको प्रहरीले जानकारी दिएको छ । सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित एक...

पूर्वडीआईजी अर्जुन चन्दको निधन

२०८३ असार १७ गते १३:१३

काठमाण्डू, १७ असार– नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ । घरमै लडेर घाइते भएका चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । चन्द १० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घाइते भएका...

गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८३ असार १७ गते १३:०८

काठमाण्डू, १७ असार– काभ्रेपलाञ्चोकको पाँचखालमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । गाडीको ठक्करबाट स्कुटर चालक सिन्धुपाल्चोक जलबिरे गाउँपालिका–१ घर भई हाल पाँचखाल माइक्रो फाइनान्समा काम गर्ने २४ वर्षीया मिनकुमारी श्रेष्ठ रहेकी प्रहरीले जनाएको छ । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल–४ मा...

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ

२०८३ असार १७ गते १३:०२

काठमाण्डू, १७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन । आज (बुधबार) काठमाण्डूको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन् । गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट...

पेट्रोलमा २०, डिजेलमा ३० र ग्यासमा १०० रुपैयाँ घट्यो

२०८३ असार १७ गते ६:१६

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको जनाएको छ ।...

तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटलाई सरकारले वैधानिकता दियोः ओली

२०८३ असार १६ गते १७:५१

काठमाण्डू, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २३ र २४ भदौमा भएको तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको आरोप लगाएका छन् । आज (मंगलबार) एमालेको खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन...

निर्वाचन परिणाम संशोधनविरुद्ध सोम शर्माले दिए रास्वपाको निर्वाचन आयोगमा उजुरी

२०८३ असार १६ गते १७:४४

काठमाण्डू, १६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित सोम शर्माले आफ्नो नाम सूचीबाट हटाइएपछि पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका छन । शर्माले आइतबार निर्वाचन आयोगलाई पत्र लेख्दै आफूलाई हटाइनु अन्यायपूर्ण र विधानविपरीत भएको बताएका छन । शर्मा...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटः भट्ट र अग्रवालको फाइल झिकाउन आदेश

२०८३ असार १६ गते १६:५५

काठमाण्डू, १६ असार– सर्वोच्च अदालतले पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले सर्वोच्च अदालतले उक्त रिटसँग सम्बन्धित तथ्य र...

चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि जिप सफारी बन्द

२०८३ असार १६ गते १६:४०

काठमाण्डू, १६ असार– चितवन राष्ट्रिय निकुञ्जमा भोलि असार १७ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । बर्खा सुरु भएको तथा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्‌का लागि वर्षायाम उपयुक्त समय भएकोले जिप सफारी बन्द गर्ने निर्णय गरिएको चितवन राष्ट्रिय निकुञ्ज...

हट्यो चिया निकासीमा भारतीय अवरोध

२०८३ असार १६ गते १६:३३

काठमाण्डू, १६ असार– गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः पुनः सुरु भएको छ । सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण...

विदेशमा स्थायी बसोबासको अनुमति लिएका चार कर्मचारीलाई कारबाही सिफारिस

२०८३ असार १६ गते १६:२५

काठमाण्डू, १६ असार– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us