समाचार

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ फागुन १६ गते ८:०९

काठमाण्डू, १६ फागुन– झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल रहेको जिल्ला प्रहरी...

प्रतिनिधिसभा निर्वाचनः १०६१ उजुरी फर्छ्यौट

२०८२ फागुन १६ गते ८:०४

काठमाण्डू, १६ फागुन– जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष हालसम्म कूल एक हजार ७६ उजुरी परेको छ । हालसम्म प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने...

आज हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

२०८२ फागुन १६ गते ७:५६

काठमाण्डू, १६ फागुन– नेपालको हिमाली क्षेत्रमा वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम...

मोदीलाई रवि र बालेनले पठाएको भन्दै सार्वजनिक पत्रप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

२०८२ फागुन १६ गते ७:४७

काठमाण्डू, १६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पत्र पठाएको भनिएको सार्वजनिक पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । हिजो (शुक्रबार) राति रास्वपाका...

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छः सभापति थापा

२०८२ फागुन १५ गते १७:१७

काठमाण्डू, १५ फागुन– कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने बताएका छन । आज (शुक्रबार) पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेकाको सम्पत्ति...

आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुन्छः निर्वाचन आयोग

२०८२ फागुन १५ गते १७:१०

काठमाण्डू, १५ फागुन– निर्वाचन आयोगले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार भन्दा बढीमाथि निर्वाचन आचारसंहिता उल्लंघनको कारबाही भएको जानकारी गराएको छ । आज (शुक्रबार) पत्रकारसँग कुराकानी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसबारे जानकारी गराएका हुन । प्रमुख आयुक्त भण्डारीले भने, ‘पूरा...

केही नेता र बिचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको छः बालेन

२०८२ फागुन १५ गते १७:०६

काठमाण्डू, १५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिंगो देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन जरुरी रहेको तर्क गरेका छन । आज (शुक्रबार) चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता शाहले यस्तो बताएका हुन । उनले किसानलाई केही नेता र विचौलियाले...

‘मलाई गालीगलौज नगर भन्छन्, म परेँ रवि लामिछाने’

२०८२ फागुन १५ गते १७:०१

काठमाण्डू, १५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् । आज (शुक्रबार) चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘सिंहदरबार...

बालबालिकालाई गोली हान्ने र सिंहदरबार जलाउने एकै हुन्ः रवि लामिछाने

२०८२ फागुन १५ गते १६:५९

काठमाण्डू, १५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् । आज (शुक्रबार) चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘सिंहदरबार...

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छः गृहमन्त्री अर्याल

२०८२ फागुन १५ गते १६:५४

काठमाण्डू, १५ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने बताएका छन । आज (शुक्रबार) विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्र्मीसँग कुरा गर्दै सरकार प्रवक्ता समेत रहेका मन्त्री अर्यालले यस्तो बताएका हुन...

चितवनवासीलाई बालेनले सोधे: छतमा निलो जस्ता राखेर कसलाई जिस्काएको ?

२०८२ फागुन १५ गते १६:४९

काठमाण्डू, १५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज (शुक्रबार) चितवन पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन् । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार रहेका बालेनले विभिन्न जिल्ला पुगेर सम्बोधन गरिरहेका छन् । उनी कर्णाली, सुदूरपश्चिम लगायतका...

सर्वोच्चद्वारा जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई पदमुक्त गर्न अस्वीकार

२०८२ फागुन १५ गते १६:४६

काठमाण्डू, १५ फागुन– सर्वोच्च अदालतले गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ । अदालतले रिट खारेज गरे पनि कार्कीले नियुक्ति पूर्व दिएका अभिव्यक्तिले उनको निष्पक्षतामा प्रश्न उठाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us