बालबालिकालाई गोली हान्ने र सिंहदरबार जलाउने एकै हुन्ः रवि लामिछाने

काठमाण्डु टुडे २०८२ फागुन १५ गते १६:५९ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् ।

आज (शुक्रबार) चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो ।

बालबालिकालाई गोली उसैले हान्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो ।’ सभापति लामिछानेले भने, ‘इतिहासले मागेको कुरा पूरा गर्नका लागि आफूहरू तयार भएर आएको पनि बताए ।

‘जो जहाँ हुनुहुन्छ – राजनीतिक दल बदल्नुपर्छ भनेकै छैन मात्रै मत बदल्नुस् । सबैको पार्टी हो रास्वपा, ’ मलाई चर्को नबोल भन्छन् । म परेँ रवि लामिछाने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us