काठमाण्डू, १५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिंगो देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन जरुरी रहेको तर्क गरेका छन ।
आज (शुक्रबार) चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता शाहले यस्तो बताएका हुन । उनले किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप समेत लगाएका छन । उनले भने, ‘देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ ।
किसानलाई सही मूल्य दिन जरुरी छ ।’ साथै, उनले चितवनमा किसानले सही मूल्य र बजार नपाएको समस्या भएको जिकिर गरे । उनले भने, ‘किसानले सही मूल्य र बजार नपाएको समस्या रहेछ ।
केही सीमित विचौलिया, केही सीमित नेताहरूको सिन्डिकेटले पारी अनुदान नै अनुदानले कृषि हुन्छ, ‘त्यो सस्तोजस्तो देखिन्छ । त्यो देखाएर यहाँको किसानको चाहीँ महंगो जस्तो देखाएर भ्रम सिर्जना गराएर मार्ने काम भएको छ । त्यो रोक्न जरुरी छ ।’