काठमाण्डू, १५ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् ।
आज (शुक्रबार) चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो । बालबालिकालाई गोली उसैले हान्यो ।
सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो ।’ सभापति लामिछानेले भने, ‘इतिहासले मागेको कुरा पूरा गर्नका लागि आफूहरू तयार भएर आएको पनि बताए ।
‘जो जहाँ हुनुहुन्छ – राजनीतिक दल बदल्नुपर्छ भनेकै छैन मात्रै मत बदल्नुस् । सबैको पार्टी हो रास्वपा, ’ मलाई चर्को नबोल भन्छन् । म परेँ रवि लामिछाने ।’