काठमाण्डू, २१ फागुन– बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरकाअनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् । अचानाक...
काठमाण्डू, २१ फागुन– काठमाण्डूको तारकेश्व नगरपालिका–४ स्थित डाँछीमा शंकास्पद बस्तु भेटिएको छ । उक्त शंकास्पद बस्तु भेटिएको स्थान छेउमा मतदानस्थल छ । अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेर उक्त वस्तु डिस्पोज गरिरहेको छ । अन्य सुरक्षा निकाय पनि सो क्षेत्रमा सक्रिय छ ।...
काठमाण्डू, २१ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । प्रधानमन्त्री कार्कीले धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ ।...
काठमाण्डू, २१ फागुन– कांग्रेसका सभापति गगनकुमार थापाले काठमाण्डू–४ मा मतदान गरेका छन । कांग्रेस सभापति थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन । काठमाण्डू– ४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ...
काठमाण्डू, २१ फागुन– दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरीएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न...
काठमाण्डू, २१ फागुन– दार्चुलाको दुधिला मावि अपि हिमाल–३ को मतदान केन्द्रमा अहिलेसम्म मतदान नै सुरु भएको छैन । स्थानीय कोही पनि मत हाल्न नआएपछि सुरु हुन नसकेको बताइएको छ । यसअघि यहाँका स्थानीयले यहाँका दुई वटा केन्द्रमा मतदानमा सहभागी नहुने निर्णय गरेका थिए ।...
काठमाण्डू, २१ फागुन– विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि यसपटक रोल्पाबाट मतदान गरेका छन । यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान महासचिव विप्लवले यस पटक मतदान गरेका हुन । विप्लवले परिवर्तन गाउँपालिका–३ थुनिकोट बाल शिक्षा माविको...
काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाण्डू–२ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् । सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन । केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ । झापा–५ बाट...
काठमाण्डू, २१ फागुन– प्रगतिशील लोकतान्त्रिक पार्टीका रूकुम पश्चिम उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन । पूर्वगृह र अर्थमन्त्रीसमेत रहेका शर्माले मुसिकोट नगरपालिका–५ शेरिगाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन । उनले ‘क’मतदान केन्द्रबाट पहिलो मतदाताका रूपमा मतदान गरे । मतदानपछि उनले प्रतिक्रिया दिँदै उत्साहित भएको...
काठमाण्डू, २१ फागुन– उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा हतियार पड्किएको हो । असावधानीवश हतियार पड्किएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको हो । कुनै क्षति भने नभएको...
काठमाण्डू, २१ फागुन– कोशी प्रदेशका ७ मतदान स्थलहरुमा मतदान सुरु हुन बाँकी रहेको छ । यो प्रदेशका विभिन्न ७ ठाउँहरुमा मतदान सुरु हुन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ । कोशी प्रदशेमा १ हजार ९०७ मतदान स्थलहरु छन् । जसमध्ये १ हजार ९ सय...
काठमाण्डू, २१ फागुन– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन । साम्पाङ्ले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन । साम्पाङ सुनसरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन ।...