काठमाण्डू, २१ फागुन– उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा हतियार पड्किएको हो ।
असावधानीवश हतियार पड्किएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको हो । कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी लड्दा पड्किएको कोशीका डीआईजी विनादे घिमिरेले जानकारी दिएको ।