हेलिकप्टरमार्फत झापा जाँदै बालेन

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ९:२९ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाण्डू–२ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् ।

सुरक्षा स्रोतका अनुसार बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन । केहीबेरमै उनी झापा प्रस्थान गर्ने बताइएको छ । झापा–५ बाट उनले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us