कांग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १०:१९ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– कांग्रेसका सभापति गगनकुमार थापाले काठमाण्डू–४ मा मतदान गरेका छन । कांग्रेस सभापति थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन ।

काठमाण्डू– ४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ ।

 

सभापति थापा आफू सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं–४ छाडेर सर्लाही–४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us