समाचार

कास्की १ मा रास्वपाका पौडेल अगाडि

२०८२ फागुन २२ गते ६:१७

काठमाण्डू, २२ फागुन– कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेल उर्फ गनेश पौडेल अग्रता लिएका छन । बिहान ४ बजेसम्मको अपडेट अनुसार उनले ८६६ मत प्रप्त गरेका छन । उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् । त्यस्तै...

ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता

२०८२ फागुन २२ गते ६:१४

काठमाण्डू, २२ फागुन– नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा अग्रता कायम गरेका छन । मतगणनाको प्रारम्भिक नजिताअनुसार उनले ५२२ मत प्रप्त गरेका छन । उदयलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ अन्य ठाउँहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

काठमाण्डू– ३ मा कुलमानलाई राजुले उछिने

२०८२ फागुन २२ गते ६:११

काठमाण्डू, २२ फागुन– काठमाण्डू–३ मा जारी मतगणानामा उज्यालो नेपाल पार्टीकाकुलमान घिसिङ पछि परेका छन् । यसअघिसम्म अग्रता बनाइरहेका घिसिङ पछि परेका हुन् । बिहान ५ बजेसम्मको मतगणना अनुसार अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले उछिनेका हुन् । अहिले राजु पाण्डे २५४ मतले अघि...

चितवन २ मा रविले लिए अग्रता

२०८२ फागुन २२ गते ६:०७

काठमाण्डू, २२ फागुन– चितवन– २  मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन । प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् । रविले एक हजार १५८ मत ल्याउँदा एमालेका अस्मिनले ९०८ मत प्राप्त गरेका...

चितवन-३ मा सोविताको अग्रता

२०८२ फागुन २२ गते ६:०३

काठमाण्डू, २२ फागुन– चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत प्रप्त गरेकी छन । यो क्षेत्रबाट एमालेका उम्मेदवार शंकरराज थपलियाले २०२, नेपाली...

रुपन्देही ३ मा रास्वपाको फराकिलो अग्रता

२०८२ फागुन २२ गते ५:५८

काठमाण्डू, २२ फागुन– रुपन्देही–३ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतान्तरले अग्रता लिएको छ । तिलोत्तमा १३ र ओमसतिया २ को मतगणना हुँदा रास्वपा उम्मेदवार डा. लेखजंग थापाले १३७७ मत पाएर अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका...

काठमाडौंमा मतगणना सुरु हुँदै

२०८२ फागुन २१ गते २१:३९

काठमाडौं, २१ फागुन —प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा करिब ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार अपराह्न ५ बजेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । खसेको मतको...

६० प्रतिशत मत खस्योः निर्वाचन आयोग

२०८२ फागुन २१ गते २०:५६

काठमाण्डू, २१ फागुन– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ । निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसबारे जानकारी गराएका हुन । भण्डारीले भने,‘६० प्रतिशत मत खसेको...

काभ्रेमा खस्यो ६० प्रतिशत मत

२०८२ फागुन २१ गते २०:४५

काठमाण्डू, २१ फागुन– दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खसेको छ । दुवै क्षेत्रमा गरी कुल ३ लाख २६ हजार ६११ मतदातामध्ये बिहीबारको निर्वाचनमा ६०.४२ प्रतिशतले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले जानकारी दिएको छ । जसमा महिला...

सर्लाही-४ मा मतपेटिका संकलन कार्य जारी

२०८२ फागुन २१ गते २०:४०

काठमाण्डू, २१ फागुन– सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन गरेर मतगणनास्थल ल्याउने कार्य जारी छ । मतपेटिकाहरू त्यहाँस्थित श्री वेणी भोला नमुना मावि गोडैता ल्याउने क्रममा कर्मचारी र सुरक्षाकर्मीहरू खटिएका छन् । यस क्षेत्रमा कांग्रेसका सभापति गगन थापा र रास्वपाका अमरेश सिंहबिच...

दोलखाको तामाकोशीबाट पक्राउ परेका ८ जना रिहा

२०८२ फागुन २१ गते १६:५६

काठमाण्डू, २१ फागुन– दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माबि मतदान स्थलबाट पक्राउ परेका ८ जना रिहा भएका छन । आज (बिहिबार) बिहान मतदान सुरु भएपछि विवाद हुँदा ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई रिहा गरिएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले जानकारी...

 रौतहट–२ का नेकपा उम्मेदवार किरण साहले गरे पार्टी छोड्ने घोषणा

२०८२ फागुन २१ गते १६:५१

काठमाण्डू, २१ फागुन– नेपाली कम्युनिस्ट पार्टी रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन । जेनजी आन्दोलनपछि विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेकाले पार्टी त्याग गरेको घोषणा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us