काठमाण्डू, २२ फागुन– नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा अग्रता कायम गरेका छन । मतगणनाको प्रारम्भिक नजिताअनुसार उनले ५२२ मत प्रप्त गरेका छन ।
उदयलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ अन्य ठाउँहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी केही कमजोर देखिएको छ ।
रास्वपाका बुद्धरत्न महर्जनले जम्मा १२२ मत प्रप्त गरेका छन । नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जन र उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले समान २३, २३ मत प्रप्त गरेका छन ।