काठमाडौंमा मतगणना सुरु हुँदै

काठमाण्डु टुडे २०८२ फागुन २१ गते २१:३९ मा प्रकाशित

काठमाडौं, २१ फागुन —प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा करिब ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार अपराह्न ५ बजेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
खसेको मतको यकिन विवरण आउन भने केही समय लाग्ने उनले बताए ।
उनका अनुसार अब करिब दुई घन्टाभित्र सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिनेछ र त्यसपछि मतगणना प्रक्रिया सुरु गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us