समाचार

झापा–१ मा रास्वपाकी निशा डाँगीको अग्रता

२०८२ फागुन २२ गते १५:१८

काठमाण्डू, २२ फागुन– झापा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् । उनले १ हजार ५९१ मत सहित अग्रता लिएकी हुन् । उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका केवलराम राईले ७७५ मत प्रप्त गरेका हुन । कांग्रेसका केशवराज पाण्डेले ५७०,...

प्युठान–१ मा कांग्रेसको अग्रता, रास्वपा दोस्रो, एमाले चौथो

२०८२ फागुन २२ गते १५:१३

काठमाण्डू, २२ फागुन– प्युठान क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिन सफल भएका छन । हिजो (बिहिबार) भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनाको पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले १९८४ मतसहित अग्रता लिन सफल...

चितवन–३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि

२०८२ फागुन २२ गते १५:०९

काठमाण्डू, २२ फागुन– चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन । १९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३...

डोटीमा अनेरास्ववियुका दीपक धामीको सुरुवाती अग्रता

२०८२ फागुन २२ गते १५:०१

काठमाण्डू, २२ फागुन– सुदूरपश्चिमका डोटीमा नेकपा एमालेले सुरुवाती अग्रता लिन सफल भएको छ । यस क्षेत्रमा एमाले उम्मेदवार दीपक धामी २४० मतका साथ अग्रस्थानमा देखिएका छन् । उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समेत हुन । केहीबेर अघि सार्वजनिक भएको मतगणनको परिणाम अनुसार...

बागलुङ-१ मा मतगणना सुरु

२०८२ फागुन २२ गते १४:४६

काठमाण्डू, २२ फागुन– बागलुङ क्षेत्र नम्बर–१ मा मतगणना सुरु भएको छ । प्रत्येक मतदानस्थल अनुसार अलग–अलग मत गन्ने सहमतिसँगै मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीका अनुसार मतगणना सुरु भएको जानकारी दिइन् । बागलुङ नगरपालिका–१ र काठेखोला गाउँपालिका–१ नम्बर वडाबाट...

सर्लाही ४ मा अमरेशभन्दा पछि परे गगन थापा

२०८२ फागुन २२ गते १४:४३

काठमाण्डू, २२ फागुन– प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही–४ को प्रारम्भिक मतगणनामा कांग्रेस सभापति गगन कुमार थापा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहभन्दा पछि परेका छन् । अमरेशले १ हजार २३९ मत पाउँदा थापाले ७६८ मत प्रप्त गरेका छन । जनमतका राकेश मिश्राले २५०,...

अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता

२०८२ फागुन २२ गते १४:३८

काठमाण्डू, २२ फागुन– अछाम–१ मा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा भीम रावलले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार दिउँसो सार्वजनिक पहिलो मत अपडेटअनुसार रावलले ३६४ मतसहित अग्रता लिएका छन । रावललाई २१४ मतसहित नेकपा एमालेका दीपकबहादुर साउँदले पछ्याइरहेका छन् । कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै...

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

२०८२ फागुन २२ गते १४:३४

काठमाण्डू, २२ फागुन– मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिएका छन । मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ः ४५ बजे एक्कासी बेहोस भएर...

ओलीभन्दा ४ हजार बढी मतान्तरले अघि लागे बालेन

२०८२ फागुन २२ गते १४:३०

काठमाण्डू, २२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अग्रता बढाउँदै लगेका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका छन्...

सुरुवाती मतगणनामा पछि परे पृथ्वीसुब्बा गुरुङ

२०८२ फागुन २२ गते १४:०३

काठमाण्डू, २२ फागुन– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङको सुरुवाती मतगणनामा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि पछि परेका छन । उनलाई नेपाली कांग्रेसबाट उम्मेदवार गमप्रसाद गुरुङले ५९ मतले पछि पारेका हुन् । गमप्रसादले १ सय ७७ र पृथ्वीसुब्बाले १ सय १८ मत प्रप्त गरेका...

माधव नेपाल पाँचौ स्थानमा

२०८२ फागुन २२ गते १३:५८

काठमाण्डू, २२ फागुन– रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन् । हालसम्मको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पाँचौ स्थानमा रहेका छ्न् । गौरको जुद्ध माध्यमिक विद्यालयमा...

दाङ–२ मा विपिन आचार्यको फराकिलो अग्रता, शंकर पोखरेल पछ्याउँदै

२०८२ फागुन २२ गते १३:५२

काठमाण्डू, २२ फागुन– दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल निकै पछि परेका छन । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तर कायम गरेका छन् । हालसम्म ३ हजार ९१५ मतगणना हुँदा रास्वपाका आचार्यले २ हजार ४२९ मत प्राप्त गरेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us