प्युठान–१ मा कांग्रेसको अग्रता, रास्वपा दोस्रो, एमाले चौथो

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– प्युठान क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिन सफल भएका छन । हिजो (बिहिबार) भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

जारी मतगणनाको पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले १९८४ मतसहित अग्रता लिन सफल भएका हुन । दोस्रोमा भने रास्वपाका उम्मेदवार सुशान्त वैदिक छन् ।

उनले १४०५ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ४३९ मतसहित तेस्रो र नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्री ३६४ मतसहित चौथो स्थानमा रहेका छन ।

नेकपाका उम्मेदवार कृष्णधोज खड्काले एमाले उम्मेदवार थापाभन्दा १ मतमात्रै कम पाएका छन् । उनले ३६३ मत ल्याएका हुन् । मतगणना जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us