दाङ–२ मा विपिन आचार्यको फराकिलो अग्रता, शंकर पोखरेल पछ्याउँदै

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल निकै पछि परेका छन । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तर कायम गरेका छन् ।

हालसम्म ३ हजार ९१५ मतगणना हुँदा रास्वपाका आचार्यले २ हजार ४२९ मत प्राप्त गरेका छन् । एमाले महासचिव पोखरेलले ५८३ मतसहित पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ३८७ मत मात्रै प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २१३ मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us