सुरुवाती मतगणनामा पछि परे पृथ्वीसुब्बा गुरुङ

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङको सुरुवाती मतगणनामा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि पछि परेका छन ।

उनलाई नेपाली कांग्रेसबाट उम्मेदवार गमप्रसाद गुरुङले ५९ मतले पछि पारेका हुन् । गमप्रसादले १ सय ७७ र पृथ्वीसुब्बाले १ सय १८ मत प्रप्त गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका धर्म केसीले १ सय १० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका हरिजंग तामाङले ३४ मत प्रप्त गरेका छन । १ लाख ३७ हजार मतदाता रहेको उक्त क्षेत्रमा ७५ हजार २५ मत खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us