ओलीभन्दा ४ हजार बढी मतान्तरले अघि लागे बालेन

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १४:३० मा प्रकाशित

काठमाण्डू, २२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अग्रता बढाउँदै लगेका छन् ।

मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत पाँच हजार २५४ पुगेको छ । उनलाई ओलीले एक हजार २४८ मतका साथ पच्छ्याइ रहेका छन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतका साथ तेस्रो स्थनामा छन् । यहाँ नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाउँदा जनमतका अमृतलाल महतोले १४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त सम्पाङ ९राई० ले १० मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us