काठमाण्डू, ५ चैत– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका सांसदहरुले प्रमाणपत्र बुझेका छन । आज (बिहिबार) निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको हो । आयोगले गत सोमबार ११० जना समानुपातिक...
काठमाण्डू, ५ चैत– नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाण्डू–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार...
काठमाण्डू, ४ चैत– संसदीय अंकगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिने भएको छ । संघीय संसद् सचिवालयले हाल रहेकै कार्यलयहरूमध्येबाटै संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको छ । जसअन्तर्गत यसअघि नेपाली कम्युनिस्ट पार्टीले प्रयोग गर्दै आएको भवन राष्ट्रिय स्वतन्त्र...
काठमाण्डू, ४ चैत– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा गराउने तयारी भएको छ । समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । बिहीबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी पनि छ । यसको जानकारी आयोगले संघीय संसद् सचिवालयलाई...
काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट प्राप्त शुभेच्छा तथा ऐक्यबद्धताका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ । सीपीसीले रास्वपालाई औपचारिक पत्र पठाएर बधाई तथा शुभकामना दिए लगत्तै रास्वपाका अन्तर्राष्ट्रिय विभागका प्रमुख शिशिर खनालले सीपीसीलाई धन्यवाद दिएका हुन् । सीपीसीको...
काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल, एमाले अध्यक्ष अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुगेका छन् । पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन् । सो अवसरमा उनले दिवंगत ओलीका पिता...
काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी वर्तमान संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । आज (बुधबार) पार्टीका सांसदहरूको अभिमुखिकरण कार्यक्रमको समापन गर्दै सभापतिले शासकीय स्वरुपमा सुधार आवश्यक भए पनि वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति पार्टीको प्रतिवद्धता डगमगाएको छैन भन्ने...
काठमाण्डू, ४ चैत– कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले चैत्र ६ गते शुक्रबारका लागि बैठक बोलाएको हो । बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,...
काठमाण्डू, ४ चैत– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन ।...
काठमाण्डू, ४ चैत– धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी...
काठमाण्डू, ४ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गर्न अनुरोध गरेका छन । आज (बुधबार) ललितपुरको ग्वार्कोमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो अनुरोध गरेका...
काठमाण्डू, ४ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका हुन । पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको उनले...